• २०८१ बैशाख १३ बिहीबार

पत्ता लाग्यो ब्रहमाण्डको अहिलेसम्मकै पुरानो अणु !

kharibot

वैज्ञानिकहरूले अन्तरिक्षमा रहेको ब्रहमाण्डको अहिलेसम्मकै पुरानो अणु(मोलिक्युल) पत्ता लाएका छन् ।

जर्मनीस्थित ‘द म्याक्स प्लांक इन्स्टिट्युट अफ रेडियो एस्ट्रोनोमी’ का अनुसन्धानकर्ताहरूले पत्ता लगाएको अणु हेलियम हाइड्राइड आयन ‘एचइएच प्लस’ हो । सो अणु झन्डै १४ अर्ब वर्षअघि बिग ब्यांगपछि चिस्सिरहेको नयाँ ब्रहमाण्डमा बनेको वैज्ञानिकहरूले बताएका छन् । उक्त अणु हाइड्रोजन र हेलियमका अणुहरू बीचको रासायनिक प्रतिक्रियाबाट बनेको थियो ।

‘एचइएच प्लस’ अणु सिग्नस नक्षत्रमा रहेको एनजीसी ७०२७ नेबुला नजिकतिर पत्ता लागेको हो । सो अणु नासा र जर्मन एरोस्पेस सेन्टरले संयुक्तरुपमा संचालन गरेको सोफिया अब्जर्बेटरीमा रहेको 'ग्रेट फार इन्फ्रारेड स्पेकट्रोमिटर'द्वारा पत्ता लागेको थियो ।

सुरुको ब्रहमाण्डमा तापक्रम ४००० केल्भिन मुनि झरेपछि रासायनिक प्रतिक्रियाहरूको सुरुवात हुन थालेको थियो र अन्य रासायनिक पदार्थहरू बन्न थालेका थिए । ब्रहमाण्डको इतिहासको अध्ययनमा ‘एचइएच प्लस’ को निकै ठूलो महत्व भए पनि यो अणु अहिलेसम्म पत्ता लाग्न सकेको थिएन । यसका बारेमा वैज्ञानिकहरूले सन् १९२५ देखि नै अध्ययन र अनुसन्धान गरे पनि उनीहरूले ‘एचइएच प्लस’ को अस्तित्वबारे कुनै ठोस प्रमाण फेला पारेका थिएनन् ।

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै