• २०८१ बैशाख ८ शनिबार

राष्ट्र बैंकले सोमबार १० अर्ब ५० करोडको ट्रेजरी बिक्री गर्ने 

kharibot

काठमाडौं । नेपाल राष्ट्र बैंकले भोलि सोमबार १० अर्ब ५० करोड रुपैयाँको ट्रेजरी  बिल जारी गर्ने भएको छ । बोलकवोलका माध्यमद्धारा उक्त परिमाणमा ट्रेजरी बिक्री गर्न लागिएको राष्ट्र बैकले जानकारी दिएको छ । 

जारी मिती यही बैशाख १० गते तोकिएको ट्रेजरी खरिदको लागि भोलि अपरान्ह तीन बजेसम्म आवेदन दिनु पर्ने छ । जारी गरिने कुल ट्रेजरी मध्येमा ९१ दिने अवधिको पाँच अर्ब ५० करोड र एक सय ८२ दिने अवधिको पाँच अर्ब रुपैयाँको रहेको छ ।

राष्ट्र बैकका अनुसार सो मध्ये ९१ दिने ट्रेजरीको परिपक्व हुने मिती बिसं २०७६ साउन सात गते तोकिएको छ भने एक सय ८२ दिने ट्रेजरीको परिपक्व हुने अवधि  बिसं २०७६ कात्र्तिक पाँच गते तोकिएको छ । 

राष्ट्र बैंकले यसअघि यही बैशाख दुई गते पनि  ९१ दिने अवधिको तीन अर्ब र एक सय ८२ दिने अवधिको दुई अर्ब २५ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गरेको थियो ।   
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै