• २०८१ बैशाख ४ मंगलबार

नेप्सेमा झण्डै ३२ अंकको उच्च बृद्धि

kharibot

काठमाडौं । नेप्सेमा उच्च अंकले सुधार आएको छ ।

साताको पहिलो कारोवार दिन आज आईतबार नै नेप्से ३१ दसमलव ८९ अंकले बढेर १२ सय ६४ दसमलव २० बिन्दुमा चढ्दा सेन्सिटिभ इन्डेक्स पनि सात दसमलव ८४ अंकले बढेर दुई सय ७३ दसमलव ४१ बिन्दुमा चढेको छ ।

एक सय ७१ कम्पनीहरुको १० हजार पाँच सय ४६ वटा कारोवारमा ३३ लाख २७ हजार चार सय ८० कित्ता सेयर खरिद बिक्री भएकाछन । उक्त परिमाणमा सेयर खरिद बिक्री हुंदा कारोवार रकम एक अर्ब दुई करोड चार लाख ३३ हजार चार सय ३९ रुपैयाँ पुगेको छ ।  

नेप्सेमा आज १० वटा समुहको कारोवार भएकोमा आठ वटा समुहको कमाएकाछन भने दुई वटा समुहले गुमाएकाछन । कमाउने समुहमा परेको बाँणिज्य बैंक समुहको सुचक ४५ दसमलव ९४ अंकले बढेर ११ सय ६७ दसमलव ६३ बिन्दुमा चढ्दा बिकास बैंक समुहको सुचक पनि १६ दसमलव ९७ अंकले बढेर १५ सय २५ दसमालव ६२ बिन्दुमा चढेको छ ।

यसैगरी जलबिद्युत, जीवन बीमा, होटल, फाईनान्स र अन्य समुहको सुचक पनि बढेकाछन । निर्जिवन बीमा र उत्पादनमुलक समुहको आज घटेकाछन । 

आज बढी कमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा परेको स्ट्याण्डर्ड चार्टड बैंकको प्रतिकित्ता सेयर मुल्य नौ रुपैयाँ ८९ पैसाले बढेर छ सय ८३ रुपैयाँमा कारोवार भएको छ भने बढी गुमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा परेको बेष्ट फाईनान्सको प्रतिकित्ता सेयर मुल्य चार रुपैयाँ १६ पैसाले घटेर ९२ रुपैयाँमा कारोवार भएको छ ।

यसैगरी रकम कारोवारका आधारमा पहिलो स्थानमा परेको नेपाल बैंकको प्रतिकित्ता तीन सय १३ रुपैयाँ अन्तिम मुल्यमा १४ करोड ८० लाख २७ हजार नौ सय ६४ रुपैयाँको कारोवार भएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै