• २०८१ बैशाख १४ शुक्रबार

आँधीप्रभावित क्षेत्रमा राज्य व्यवस्था समितिद्वारा स्थलगत अनुगमन

kharibot

बारा । गत चैत १७ गते आईतवार साँझ बाराको  दक्षिण भेगमा आएको भिषण आँधी हुरीका कारण भएको क्षति र प्रभावितहरुको  अवस्था बुझ्न संघिय संसद्को राज्य व्यवस्था तथा सुशासक समिति पदाधिकारीहरुले बाराको विभिन्न  प्रभावित क्षेत्रहरुमा पुगेर स्थलगत अध्ययन गरेको छ ।

राज्य व्यवस्था तथा सुशासन समितिकी सभापति शशि श्रेष्ठको नेतृत्वमा आएको समिति पदाधिकारीले बाराका सबै प्रभावित क्षेत्रमा पुगेर स्थलगत अध्ययन गरेको हो ।

टोलीले यहाँका विभिन्न आँधी प्रभावित क्षेत्रहरुमा पुगेको क्षतिको विवरण , पिड्तिको अवस्था र पुनंस्थापनाका विषयमा  प्रभावितहरुसँग भेटेर अवस्थावारे जानकारी लिएको थियो ।

स्थलगत अध्ययन पछि टोलीले बाराको सिमरामा आयोजना गरेको पत्रकार भेटघाटमा सभापति श्रेष्ठले प्रभावित क्षेत्रमा बाहिर सुनेको जस्तो जस्तो अप्ठयारो बाधा अड्चन नदेखिएको बताउँदै सुनेको भन्दा फरक पाएको बताईन् । उनले राहत बितरणमा एकाध गुनाँसो सुनिए पनि खासै समस्या नरहेको बताईन् ।

पिड्तिहरुलाई भुई मै सुत्नु पर्दा सर्पदंशको समस्या भयाभव रहेको हावाहुरी पानीको त्रास पिड्तिहरुमा अझै रहेको आँफुसँग स्थलगत प्रत्यक्ष पिड्तिहरुले गुनाँसो गरेको बताउँदै सभापति श्रेष्ठले जनता आवास कार्यक्रम मार्फत बर्खा अगाबै घर निर्माणमा जुट्न प्रदेश तथा संघिय सरकारलाई आग्रह गरिन् ।

कार्यक्रममा सेनाले घर निर्माण गर्नु पूर्व देखिएको जग्गाको ठूलो समश्या नम्बरी , अस्थाई र सार्बजानीक छुट्याउँने काम चाँढो सक्ने सभापति श्रेष्ठले स्थानीय सरकार र प्रशासनलाई आग्रह गरिन् । 

कार्यक्रममा नेपाली सेनाका सेनानी अरुण विक्रम थापाले घर निर्माण गर्ने स्थान मैं पिड्तिको टेन्ट रहेको र उनिहरु बसेका कारण घर निर्माण कहाँ गर्ने समस्या देखिएको र निर्माण सामग्री राख्ने स्थान अर्काको बालीनालीको खेत बाहेक अन्य स्थान नरहेको बताउँदै उनले स्थानीय तह र सम्बन्धित कार्यालयहरुले जग्गा तत्कालै छुट्याई दिनुु पर्नेमा जोड् दिए । 

चैत १७ गते  आईतवार साँझ आएको भिषण आँधीहुरीका कारण बारामा २७ जनाको ज्यान गएको थियो भने १३ सय ६१ घर पूर्ण रुपमा क्षति भएको थियो । सो  प्राकृतिक प्रकोपमा कारण बारा जिल्लामा मात्रै २३ करोड ४४ लाख ७६ हजार ८ सय ३५  रुपयाँ बराबरको भौत्तिक क्षति भएको अध्ययनले देखाएको छ ।

सभापति श्रेष्ठको नेतृत्वमा आएको राज्य व्यवस्था तथा सुशासन समितिका पदाधिकारीहरुले स्थानीय जनप्रतीनिधीहरुले दाताहरुबाट प्राप्त राहत बाँड्ने काम मात्रै गरेको र आफ्नैं निकायबाट पिड्तिहरुलाई कँनै सहयोग नभएको कार्यक्रममा उपस्थित माननिय सदस्यहरुले बताए । 

उनिहरुले जिल्ला बिपत व्यवस्थापन समितीले राम्रो काम गरेको प्रत्यक्ष अनुभव गरेको बताउँदै जिल्ला स्थित सुरक्षा निकायहरुलाई घन्यवाद समेत प्रकट गरेका थिए ।

कार्यक्रममा बाराका प्रमुख जिल्ला अधिकारी राजेश पौडेलले पुर्ननिर्माण पूर्व आई पर्ने समस्या , प्राप्त राहत , क्षतीको बिवरण , राहत कोषको संकलित रकम र त्यसको प्रायोजनका बिषयमा प्रष्ट पारेका थिए । 

सभापति श्रेष्ठको नेतृत्वमा आएको राज्य व्यवस्था तथा सुशासन समितिका पदाधिकारीहरुले बाराको आँधी प्रभावित क्षेत्रहरु फेंटा ,  सुर्वणपुर , देवताल , प्रसौनी , परवानिपुर गाँउपालिका  पचरौता नगरपालिका , कलैया उपमहानगरपालिकाको विभिन्न क्षेत्रहरुमा पुगेर पिड्तिहरुसँग भेट गर्दै स्थलगत अध्ययन गरेका थिए ।

टोलीमा समितिका  सभापति  श्रेष्ठ सहिँत सद्स्यहरु डा.अमरेश कुमार सिंह ,  जनार्दन शर्मा ,  डिला संग्रौला (पन्त) , देवेन्द्र राज कँडेल ,  नवराज सिलवाल , प्रेम सुवाल ,  मीना  पाण्डे , यशोदा गुरुङ्ग सुवेदी ,  राजकिशोर यादव , रामसहाय प्रसाद यादव ,  रेखा शर्मा लगायतका सांसदहरुले सरकारले आगामी गर्नु पर्ने कामका बारेमा र प्रभावित क्षेत्रमा तत्काल काम चलाउ आवाश भए पनि महिला र बालबालीका प्रती हुँन सक्ने दुव्र्यहारमा सचेत रहँन प्रशासनलाई आग्रह गरेका थिए ।

सहरी बिकाश आयोजना अन्तरर्गत एक परिवारलाई करिब चार लाख बराबरको दुई कोठा , एक शौचालय , पेटी सहिँतको भवन नेपाली सेनाले निर्माण गर्ने छ । एक घर एक महिना मैं सम्पन्न गर्ने गरी एक घर निर्माणका लागि एक घरमा १७ जना सेनाका दरले सबै घर निर्माण गर्ने योजना रहेको कार्यक्रममा जनार्ईएको थियो ।

आँधी प्रभावित क्षेत्रमा स्थलगत अनुगमनका क्रममा बाराका प्रमुख जिल्ला अधिकारी राजेश पौडेल , प्रमुख प्रहरी उपरिक्षक सानुराम भट्टराई ,  सशस्त्र प्रहरी उपरिक्षक प्रकाश थापा ,  उप अनुसन्धान निर्देशक बिमल घिमिरे र सेनानी अरुण विक्रम थापाले समितिका पदाधिकारीलाई स्थलगत अनुगमनका क्रममा समन्वय गरेका थिए , भने पत्रकार सम्मेलनमा समेत उनिहरुको उपस्थित रहेको थियो । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै