• २०८१ बैशाख १३ बिहीबार

राप्रपालाई सरकारले वार्ताका लागि बोलायो 

kharibot

काठमाडौँ । कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई सरकारले वार्तामा बोलाएको छ ।

कानुनमन्त्री भानुभक्त ढकालले हस्ताक्षर गरेको पत्र राप्रपाले पाएको राप्रपाका सहमहामन्त्री राजाराम बर्तौलाले खरीबोटलाई जानकारी दिएका छन् ।

पत्रमा यहि १० बैशाखमा १ बजे सिँहदरवारमा वार्ताका लागि उपस्थित हुन आग्रह गरिएको उल्लेख रहेको बर्तौलाले बताए ।

राप्रपाले गत फागुन ७ गते प्रजातन्त्र दिवसको अवसर पारेर देशमा हिन्दू राष्ट्र कायम गर्नुपर्ने, संघीयता खारेज गर्नुपर्नेलगायतका माग राखी प्रधानमन्त्री ओलीलाई ज्ञापन पत्र बुझाएको थियो ।

पछिल्लो समय राप्रपाले हिन्दू राष्ट्र कायम गर्नुपर्ने, संघीयता खारेज गर्नुपर्नेलगायतका माग राखी विभिन्न आन्दोलन गर्दै आएको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै