• २०८१ बैशाख १३ बिहीबार

कर्मचारी अभावका कारण काममा समस्याः मुख्यमन्त्री पौडेल

kharibot

हेटौँडा । प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले कर्मचारी अभावका कारण प्रदेश र स्थानीय सरकारले काम गर्न नसकेको बताएका छन् । 

प्रशासकीय अदालत र उच्चस्तरीय प्रशासन सुधार कार्यान्वयन तथा अनुगमन समिति काठमाडौँद्वारा आज यहाँ आयोजित “प्रशासकीय न्याय र सेवा प्रवाह” विषयक अन्तक्र्रिया कार्यक्रममा उनले भने, “कर्मचारीका अभावका कारण प्रदेश र स्थानीय सरकारको काम लथालिङ्ग भएको छ ।”

मुख्यमन्त्री पौडेलले प्रदेश सरकारसँग बजेट तथा साधन स्रोत छ तर कर्मचारी अभावका कारण विकास निर्माणको काम हुन सकेको छैन भन्दै कर्मचारी सरुवा भएर आउँछन्, जान्छन् तर प्रदेश सरकारलाई कुनै जानकारी हुँदैन भन्ने गुनासो गरे । 

“दर्जनौँ स्थानीय तह कर्मचारीविहीन भएको छ”, उनले भने, “अहिलेको परिवर्तनशील समाजमा कर्मचारीको दायित्व र जवाफदेहिता अझ बढेको छ ।” 

प्रशासनविद् एवं प्रशासकीय अदालतका अध्यक्ष काशीराज दाहालले प्रशासनिक सङ्गठन र संरचना, त्यसको काम कर्तव्य र अधिकार तथा कर्मचारी र जनशक्तिको व्यवस्थापन र संयोजन नभएसम्म प्रशासनमा सुधार नहुने बताउँदै दिगो शान्ति र विकासका लागि सुशासन अत्यन्त आवश्यक भएको धारणा व्यक्त गरे । 

प्रदेश नं. ३ का मुख्यसचिव आन्दराज ढकालले प्रशासनिक सङ्क्रमण हटाउन नसकेका कारण सुशासनमा समस्या आएको र आर्थिक समृद्धि हुन नसकेको विचार व्यक्त गरे । 

उच्च अदालत पाटन हेटौँडा इजलासका न्यायाधीश टेकराज नेपालको अध्यक्षतामा भएको सो कार्यक्रममा मकवानपुरका प्रमुख जिल्ला अधिकारी आसमान तामाङ र प्रशासकीय अदालतका रजिष्ट्रार अच्युत कुइँकेलले प्रशासनिक क्षेत्रको समस्या, चुनौती र यसको निराकरणका लागि गर्नुपर्ने कार्यको विविध पक्षमाथि प्रकाश पारेका थिए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै