• २०८१ बैशाख ११ मंगलबार

पार्टी एकताको विषय टुंगो लगाउन नेकपा सचिवालय बैठक शुरु 

kharibot

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठक बालुवाटारमा सुरु भएको छ। पार्टी एकताको विषयमा टुंगो लगाउनेगरी सचिवालय बैठक बसेको हो । 

आइतबार बिहान चार नेताले गरेको गृहकार्यपछि एकताको विषय टुंगो लगाउने गरी बैठक सुरु भएको हो । बैठकले जिल्ला कमिटी, पोलिटब्युरो गठन, जनसंगठन एकता र उपत्याकामा बन्ने प्रदेश कमिटीको समेत टुंगो लगाउने बताइएको छ । 

बैठकले एकताको सम्पूर्ण प्रक्रिया पूरा गरेर सोमबार पार्टी स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा घोषणा गर्ने तयारी गरेको छ। 

पार्टी स्थापना दिवसको अवसरमा सोमबार नेकपाले नेपाल प्रज्ञा प्रतिष्ठानमा अपराह्न १२ बजेदेखि विशेष कार्यक्रम गर्दैछ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै