• २०८१ बैशाख ७ शुक्रबार

वार्नर र बैरस्ट्रवको उत्कृष्ट ब्याटिंगपछि सनराइजर्स विजयी 

kharibot

काठमाडौँ । आइपिएल अन्तर्गत सनराइजर्स हैदरावादले कोलकोता नाइटराइडर्सलाई  ९ विकेटले पराजित गरेको छ ।

कोलकोताले दिएको १६० रनको लक्ष्य पछाएको सनराइजर्सले १५ ओभरमा एक विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

सनराइजर्सका लागि डेभिड वार्नर र जोनी बैरस्ट्रवले उत्कृष्ट ब्याटिंग गर्दै सनराइजर्सलाई महत्वपूर्ण जित दिलाएका थिए । वार्नर र बैरस्ट्रवले पहिलो विकेटका लागि १३१ रनको साझेदारी गरेका थिए । बैरस्ट्रवले अविजित रहदै ८० रन बनाए भने वार्नर ६७ रन बनाएर आउट भएका थिए । बैरस्ट्रवले ४३ बलमा ८० रनको उत्कृष्ट पारी खेलेका थिए भने वार्नरले ३८ बलमा ६७ रन बनाएका थिए ।

सनराइजर्सको एक विकेट कोलकोताका बालर पृथ्वी राजले लिएका थिए ।

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको कोलकोताले २० ओभरमा ८ विकेट गुमाउदै १५९ रन बनाएको थियो ।

कोलकोताका लागि क्रिस लिनले सर्वाधिक ५१ रन बनाए । लिन ४७ बलमा ५१ रन बनाएर आउट भएका थिए । कोलकोताका लागि रिंकु सिंहले ३० रन बनाए भने सुनिल नारानले २५ रन बनाएका थिए । त्यस्तै आन्द्रे रसेलले १५ र नितिस रानाले ११ रन बनाएका थिए ।

सनराइजर्सका बलर खलिल अहमदले सर्वाधिक ३ विकेट लिएका थिए ।अहमदले ४ ओभरमा ३३ रन दिएर ३ विकेट लिए । त्यस्तै भुवनेश्वर कुमारले २ विकेट लिए भने सन्दीप शर्मा र राशिद खानले एक एक विकेट लिएका थिए ।

प्रतियोगितामा सनराइजर्सले ९ खेल खेल्दै ५ खेलमा जित हासिल गरेको छ भने कोलकोताले ९ खेलमा ६ खेलमा हार बेहोरेको छ ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै