• २०८१ बैशाख ६ बिहीबार

एभर्टनसँग म्यानचेस्टर युनाइटेडको लज्जास्पद हार

kharibot

काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत एभर्टनले म्यानचेस्टर युनाइटेडलाई पराजित गरेको छ । आइतबार सम्पन्न खेलमा एभर्टनले म्यानचेस्टर युनाइटेडलाई ४-० गोल अन्तरले पराजित गरेको छ ।

एभर्टनको घरेलु मैदानमा भएको खेलमा एभर्टनका लागि रिचार्लिसन, जिल्फी सगुर्सन, थियो वालकट र लुकास डीग्नेले एक एक गोल गरेका थिए ।

पाँच दिन अगाडी च्याम्पियन्स लिग अन्तर्गत बार्सिलोनासँग पराजित भएर च्याम्पियन्स लिगबाट बाहिरिएको युनाइटेड प्रिमियर लिगमा पनि लज्जास्पद हार बेहोरेको छ ।

यो हारपछि युनाइटेड ३४ खेलमा ६४ अंकसहित लिगको छैठौ स्थानमा पुगेको छ । त्यस्तै अब युनाइटेड अर्को सिजनमा च्याम्पियन्स लिगमा छनौट हुन् मुश्किल देखिएको छ ।

युनाइटेडले अब आगामी बुधबार म्यानचेस्टर डर्बीमा सिटीसँग आफ्नै घरेलु मैदानमा खेल्ने छ ।

त्यस्तै एभर्टनको यस जितपछि ३४ खेलमा ४९ अंक भएको छ भने लिगको सातौ स्थानमा उक्लिएको छ ।      
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै