• २०८१ बैशाख १२ बुधबार

रोचक बन्दै प्रिमियर लिग, लिभरपुल फेरी शिर्ष स्थानमा 

kharibot

काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तिम चरणमा पुगिरहेका बेलासम्म रोचक बन्दै गएको छ । अघिल्लो दिन म्यानचेस्टर सिटीले टोटोनह्यामलाई पराजति गरेर शिर्ष स्थानमा उक्लिएकोमा गएराती सम्पन्न खेल जितेर लिभरपुल फेरी शिर्ष स्थानमा आएको छ ।

गएराती सम्पन्न खेलमा लिभरपुलले कार्डिफ सिटीलाई २-० गोल अन्तरले पराजित गरेर लिगको शिर्ष स्थानमा पुगेको हो ।

लिभरपुलको जितमा जियोर्जिनो विज्नाल्डम र जेम्स मिल्नरले एक एक गोल गरेका थिए ।

यो जितपछि लिभरपुलको प्रिमियर लिगमा ३५ खेलमा ८८ अंक भएको छ । जुन लिभरपुलको इतिहासमा अहिलेसम्म हासिल गरेको सर्वाधिक अंक हो । लिगमा लिभरपुलले अब आगामी शुक्रबार हडर्सफिल्डको सामना गर्दै छ ।

लिगमा आगामी बुधबार हुने म्यानचेस्टर डर्बी निर्णायक हुने देखिएको छ । अहिले ३४ खेलमा ८६ अंकसहित दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीले युनाइटेडमाथि जित हासिल गर्नु उपाधि जित्न निकै महत्पूर्ण देखिन्छ ।

त्यस्तै गएराती सम्पन्न खेलमा आर्सनल क्रिस्टल प्यालेससँग ३-२ गोल अन्तरले पराजित भएर तेस्रो स्थानमा उक्लिने अवसर गुमाएको छ । हारपछि आर्सनल ३४ खेलमा ६६ अंकसहित चौथो स्थानमा छ भने ६६ अंकसहित नै चेल्सीपनि गोल अन्तरका कारण पाचौ स्थानमा रहेको छ ।      
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै