• २०८१ बैशाख ७ शुक्रबार

रियल म्याड्रिडको जितमा करिम बेन्जामाको ह्याट्रिक 

kharibot

काठमाडौँ ।  स्पेनिस क्लब रियल म्याड्रिड ला लिगा अन्तर्गतको खेलमा एथलेटिक बिलबाओविरुद्ध जित हासिल गरेको छ ।

गएराती सम्पन्न खेलमा रियल म्याड्रिडले बिल्बाओलाई ३-० गोल अन्तरले पराजित गरेको छ । म्याड्रिडको जितमा करिम बेन्जमाले ह्याट्रिक गरेका छन् । बेन्जमाले खेलको ४७औ, ७६औं र ९०औ मिनेटमा गोल गर्दै आफ्नो ह्याट्रिक पुरा गरेका थिए ।

यससिजनमा च्याम्पियन्स लिगबाट बाहिरिएको रियल म्याड्रिड ला लिगाको उपाधि दौडबाट समेत लगभग बाहिरिएको छ । ला लिगामा म्याड्रिड ३३ खेल सकिदासम्म शिर्ष स्थानमा रहेको बार्सिलोनाभन्दा १३ अंकले पछाडी रहेको छ । त्यस्तै दोस्रो स्थानमा रहेको एथलेटिको भन्दा ४ अंकले पछाडी रहेको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै