गौरिकाले दुई नयाँ राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक 

खरीबोट

नेपालगन्ज । पौडीबाज गौरिका सिंहले आइतबार सुरु भएको आठौ राष्ट्रिय खेलकुद अन्तर्गतको पौडी इभेन्टमा दबदबा राख्न सफल भएकी छिन् ।

पौडीको पहिलो दिन ‘सर्टकोर्स’ मा गौरिकाले दुईवटा नयाँ राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक जितिन् । उनले ८ सय मिटर फ्रिस्टायलमा ९ मिनेट ३९.२२ सेकेन्डमा नयाँ कीर्तिमान बनाइन् । 

त्यस्तै, ५० मिटर ब्याकस्ट्रोकमा नेपाल आर्मीबाट प्रतिस्पर्धा गरेकी गौरिकाले ३०.८५ सेकेन्डको समय निकाल्दै नयाँ राष्ट्रिय कीर्तिमानसहित स्वर्ण हात पार्न सफल भइन् । उनले हिट्स र मेडलका लागि भएको दुवै प्रतिस्पर्धामा आफ्नो पुरानो कीर्तिमानमा सुधार गरेकी हुन् । 

आफ्नै रेकर्ड तोडिन :

२५ मिटर पौडी पोखरीको सर्टकोर्समा गौरिकाकै नाममा ३१.३१ सेकेन्डको राष्ट्रिय कीर्तिमान थियो । उनले हिट्स चरणमा पुरानो कीर्तिमान सुधार गर्दै ३१.२२ सेकेन्डमा रेकर्ड बनाइन् ।

गौरिकाले आफ्ना प्रतिद्वन्द्वीलाई निकै पछि पार्दै पौडीमा एकपक्षीय दबदबा कायम गरेकी हुन् । गौरिकाले ३०.८५ सेकेन्डमा ५० मिटर ब्याकस्ट्रोक पूरा गरिन् । आठौ राष्ट्रिय खेलकुदमा गौरिकाले समग्रमा १२ इभेन्टमा प्रतिस्पर्धा गर्दै छिन् । 
 

सम्बन्धित समाचार

आठौँ राष्ट्रिय खेलकुद सम्पन्न, पदक तालिकामा आर्मीको बर्चस्व 

नेपालगञ्ज । आठौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा विभागीय टिम नेपाल आर्मी पहिलो भएको छ ।   नेपालगञ्जमा भएको प्रतियोगितामा विभागीय आर्मीले एक सय ४० स्वर्ण, १ रजत र ६८ काश्यसहित दुई सय

आठौं राष्ट्रिय खेलकुदमा पुरुष फुटबलको उपाधि आर्मीले जित्यो 

नेपालगञ्ज । आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गतको पुरुष फुटबलको उपाधि नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले जितेको छ । नेपालगञ्ज रङ्गशालामा बुधबार सम्पन्न फाइनल खेलमा नेपाल पुलिस क्लबलाई १–० गोल अन्तरले पराजित

आठौं राष्ट्रिय खेलकुदको महिला फुटबलको उपाधि एपीएफले जित्यो  

दाङ — आठौं राष्ट्रिय खेलकुदअन्तर्गत महिला फुटबलको उपाधि एपीएफले जितेको छ । बुधबार बेलुका बेलझुण्डी रंगशालामा भएको फाइनल खेलमा ट्राइबेकरबाट त्रिभुवन आर्मीलाई पराजित गर्दै एपीएफले स्वर्णपदक हात पारेको हो । निर्धारित ९०

आठौं राष्ट्रिय खेलकुदमा गौरिकाले जितिन् १२ स्वर्ण 

नेपालगन्ज । आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता तथा २१औँ राष्ट्रिय पौंडी प्रतियागितामा गौरिका सिंहले १२ स्वर्ण पदक जित्न सफल भएकी छन् । नेपाली सेनाको त्रिभुवन आर्मी क्लबकी सिंहले  प्रतियोगिताको अन्तिम दिन बुधबार


z