• २०८१ बैशाख ८ शनिबार

गौरिकाले दुई नयाँ राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक 

kharibot

नेपालगन्ज । पौडीबाज गौरिका सिंहले आइतबार सुरु भएको आठौ राष्ट्रिय खेलकुद अन्तर्गतको पौडी इभेन्टमा दबदबा राख्न सफल भएकी छिन् ।

पौडीको पहिलो दिन ‘सर्टकोर्स’ मा गौरिकाले दुईवटा नयाँ राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक जितिन् । उनले ८ सय मिटर फ्रिस्टायलमा ९ मिनेट ३९.२२ सेकेन्डमा नयाँ कीर्तिमान बनाइन् । 

त्यस्तै, ५० मिटर ब्याकस्ट्रोकमा नेपाल आर्मीबाट प्रतिस्पर्धा गरेकी गौरिकाले ३०.८५ सेकेन्डको समय निकाल्दै नयाँ राष्ट्रिय कीर्तिमानसहित स्वर्ण हात पार्न सफल भइन् । उनले हिट्स र मेडलका लागि भएको दुवै प्रतिस्पर्धामा आफ्नो पुरानो कीर्तिमानमा सुधार गरेकी हुन् । 

आफ्नै रेकर्ड तोडिन :

२५ मिटर पौडी पोखरीको सर्टकोर्समा गौरिकाकै नाममा ३१.३१ सेकेन्डको राष्ट्रिय कीर्तिमान थियो । उनले हिट्स चरणमा पुरानो कीर्तिमान सुधार गर्दै ३१.२२ सेकेन्डमा रेकर्ड बनाइन् ।

गौरिकाले आफ्ना प्रतिद्वन्द्वीलाई निकै पछि पार्दै पौडीमा एकपक्षीय दबदबा कायम गरेकी हुन् । गौरिकाले ३०.८५ सेकेन्डमा ५० मिटर ब्याकस्ट्रोक पूरा गरिन् । आठौ राष्ट्रिय खेलकुदमा गौरिकाले समग्रमा १२ इभेन्टमा प्रतिस्पर्धा गर्दै छिन् । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै