• २०८१ बैशाख १२ बुधबार

वैदेशिक रोजगारीमा ठगिने क्रम रोकिएन : ९ महिनामा ५५ करोडभन्दा बढी ठगी 

kharibot

काठमाडौं । सरकारले विभिन्न देशसँग श्रम सम्झौता अघि बढाएसँगै नेपालीहरुको लागि वैदेशिक रोजागारी अनिर्वाय जस्तो भएको बुझ्न सकिन्छ । सरकार वैदेशिक रोजगारका लागि विभिन्न मुलुकसँग श्रम सम्भौताको लागि अघि बढेपनि रोजगारलाई व्यवस्थित गर्न ध्यान नदिदाँ वैदेशिक रोजगारमा प्रशस्त समस्या देखिन्छ । जसमध्ये प्रमुख हो वैदेशिक रोजगारीका लागि जाने क्रममा ठगिने । 

यस आर्थिक वर्षको ९ महिनाको समयमा ५५ करोड ५४ लाख ८८ हजार ६ सय ७३ रुपैयाँ ठगी भएको भन्दै वैदेशिक रोजगार विभागमा पीडितहरुले उजुरी दिएका छन् । यो रकम ठगी भएको भन्दै विभागमा बिगोदाबी सहित १ हजार ४ सय ९० वटा उजुरी परेको विभागका निर्देशक भोलानाथ गुरागार्इंले बताए । उक्त उजुरी व्यक्तिगत र संस्थागततर्फ दुवैका हुन् ।

उनले उक्त रकम मध्ये व्यक्तिगत तर्फ ३६ करोड २३ लाख ८१ हजार ८ सय ३४ रुपैयाँ र संस्थागततर्फ भने १९ करोड ३१ लाख ६ हजार ८ सय ३९ रुपैयाँ ठगी भएको बताए । 
विभागका अनुसार पीडितहरुले ९ महिनाको अवधिमा व्यक्तिगततर्फ ५सय ८९ उजुरी र संस्थागत तर्फ भने ९ सय १ वटा उजुरी विभागमा दर्ता गराएका छन् ।

यसैबीच विभागले उजुरीको आधारमा अनुसन्धान गरी विभिन्न म्यानपावर ,तिनका एजेन्ट, व्यक्तिमार्फत् विगो रकम समेत भराएको छ । ९ महिनाको अवधिमा विभागले ८ करोड २१ लाख ६४ हजार ७ सय ८४ रुपैयाँ बिगो भराएको निर्देशक गुरागार्इंले बताए । जुन व्यक्तिगततर्फ ५ करोड ५० लाख ४५ हजार ७ सय र संस्थागततर्फ २ करोड ७१ लाख १९ हजार ८४ रुपैयाँ रहेको छ । 

यस्तै गत वर्ष संस्थागत  र व्यक्तिगत श्रम स्वीकृति लिएर विदेशका विभिन्न मुलुकमा काम गर्नका लागि भनेर ४ लाख ५० हजार सर्वसाधारणहरुले श्रम स्वीकृति लिएका छन् । व्यक्तिगततर्फ २ लाख २२ हजार ३ सय र संस्थागततर्फ २ लाख २८ हजार २ सय व्यक्तिले श्रम स्वीकृति लिएका छन् । 

जाहेरी फरफारकको संख्या ३७६ वटा रहेका छन् । जसमध्ये अदालतमा दायरमुद्दा १ सय १ वटा र अदालतमा बिगो दाबी रकम १३ करोड ५५ लाख ६९ हजार रुपैयाँ रहेको छ । धेरै संख्यामा नेपालीहरु विशेष गरी खाडी मुलुक कतार,  साउदी अरब, युएई (दुबाई) जाने गरेका छन् भने यसको साथै कुवेत, दक्षिण कोरिया, जोर्डन लगायतका मुलुकमा नेपालीहरु रोजगारीका लागि जाने गरेका छन् ।

एक महिनामा ७ करोड भन्दा बढी ठगी 

एक महिनाको समयमा व्यक्तिगत र संस्थागततर्फ गरी ७ करोड भन्दा बढी रकम ठगीएको भन्दै उजुरी परेको छ । विभागका अनुसार  व्यक्तिगततर्फ चैत्रमा मात्र व्यक्तिगततर्फ ५ करोड २९ लाख ७८ हजार ३ सय ३४ र संस्थागततर्फ २ करोड ३१ लाख ६९ हजार ५ सय ७९ रुपैयाँ ठगिएको भन्दै पीडितहरुले उजुरी दिएका छन् । यस्तै व्यक्तिगतर्फ फागुनसम्म ३० करोड ९४ लाख ३ हजार ५ सय तथा संस्थागततर्फ १६ करोड ९९ लाख ३७ हजार २ सय ६० रुपैयाँ ठगिएको भन्दै उजुरी परेको छ ।

उजुरी परेसँगै विभागले कारबाही पनि अघि बढाएको पाइन्छ जुन उजरीको भन्दा ज्यादै न्यून रकममात्र बिगो भराएको छ । विभागका अनुसार व्यक्तिगततर्फ चैत्रसम्म २९ लाख रुपैयाँ बिगो भराएको छ भने संस्थागततर्फ ८ लाख १ हजार ६ सय ८४ रुपैयाँ ।

यस्तै फागुनसम्म व्यक्तिगततर्फ ५ करोड २१ लाख ४५ हजार ७ सय र संस्थागततर्फ १ करोड ९१ लाख १७ हजार ४ सय रुपैयाँ पीडितहरुलाई प्रदान गरेको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै