सिटी एक्सप्रेसको यूके कार्यलयको उद्घाटन 

खरीबोट

काठमाडौँ । सिटी एक्सप्रेस मनी ट्रान्सफरको यूकेको रेडीङस्थित कार्यालयको औपचारीक उद्घाटन भएको छ ।

कार्यक्रममा यूकेका लागी नेपालका राजदूत डा.दुर्गा बहादुर सुवेदी प्रमुख अतिथिका रुपमा उपस्थित रहेका थिए । साथै एनआरएन यूकेका अध्यक्ष योग कुमार फगामी, रेडिङ नेपाल समाजका अध्यक्ष टेक बहादुर गुरुङ, सिटी एक्सप्रेस मनी ट्रान्सफर नेपालका प्रबन्ध निर्देशक चन्द्र टण्डन, सिटी एक्सप्रेस मनी ट्रान्सफर नेपालका उपाध्यक्ष डोलराज शर्मा, सिटी एक्सप्रेस मनी ट्रान्सफर जापानका अध्यक्ष एवं प्रमुख कार्यकारी अधिकृत महेशकुमार श्रेष्ठ र सिटी एक्सप्रेस मनी ट्रान्सफर यूके लिमिटेडका प्रबन्ध निर्देशक करमबहादुर गुरुङ्गले संयुक्त रुपमा उद्घाटन गरेका हुन् । 

सिटी एक्सप्रेस मनी ट्रान्सफर यूकेले आफ्नो सेवा मोवाइल एप्लिकेशन र अनलाईन बाहेक यूके भर आफ्ना प्रतिनिधिमार्फत पनि दिने योजना बताएको छ । साथै छिट्टै नै यूकेबाट नेपालमा मात्रै सिमित नभई विश्वभर बिप्रेषण सेवा दिने योजना पनि सार्वजनिक गरेको छ ।

सिटी एक्सप्रेस मनी ट्रान्सफरले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै विगत १२ बर्षदेखि विश्वका विभिन्न मुलुक बाट रेमिटान्स भित्र्याउदै नेपालको ७ हजारभन्दा बढि एजेन्टहरु मार्फत भुक्तानी प्रदान गर्दै आइरहेको छ ।
 

सम्बन्धित समाचार

भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान प्रधान र बास्कोटालाई प्रदान  

काठमाडौँ ।  सिटी एक्सप्रेस मनी ट्रान्सफर र भक्तराज आचार्य संगीत प्रतिष्ठानको संयुक्त सहकार्यमा “भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान”२०७५ सालको गायनतर्फ बरिष्ट गायक प्रेमध्वज प्रधान र संगीततर्फ बरिष्ठ संगीतकार शम्भूजीत बासकोटालाई

सिटी एक्सप्रेसको यूके कार्यलयको उद्घाटन 

काठमाडौँ । सिटी एक्सप्रेस मनी ट्रान्सफरको यूकेको रेडीङस्थित कार्यालयको औपचारीक उद्घाटन भएको छ । कार्यक्रममा यूकेका लागी नेपालका राजदूत डा.दुर्गा बहादुर सुवेदी प्रमुख अतिथिका रुपमा उपस्थित रहेका थिए । साथै एनआरएन

जापानमा तेक्वान्दो च्याम्पियनशिपमा भाग लिने खेलाडीलाई सिटी एक्सप्रेसको सहयोग 

काठमाडौँ । जापानको ओसाकामा हुन गइरहेको १७औं वाताओपन अन्तर महादेशीय तेक्वान्दो च्याम्पियनशिपमा नेपाल तेक्वान्दो संघको तर्फबाट भागलिन नेपालबाट सहभागी तेक्वान्दो खेलाडीहरुलाई सिटी एक्सप्रेसले सहयोग गरेको छ । सिटी एक्सप्रेसले खेलाडीहरुलाई सफलताको

सिटी एक्सप्रेस मनी ट्रान्सफरको सेवा अब युकेमा पनि सुरु

काठमाडौँ । सिटी एक्सप्रेस मनी ट्रान्सफरको सेवा अब युके बाट पनि सुरु भएको छ ।  यो सेवा सुरु भए लगत्तै युकेबाट नेपालमा सिटी एक्सप्रेस मनी ट्रान्सफरको ७ हजारभन्दा बढी एजेन्टहरुमार्फत सिधैं


z