• २०८१ बैशाख १४ शुक्रबार

एम्बाप्पे रियल म्याड्रिड नजाने ! 

kharibot

काठमाडौं । फ्रान्सका २० बर्षिय स्ट्राइकर किलीयन एम्बाप्पेले आउदो सिजनबाट रियल म्याड्रिड जाने हल्लालाई निराधार बताएका छन् ।

गएराती पिएसजीका लागि ह्याट्रिक गरेका मेबाप्पेले यस सिजनको लिग उपाधि जितेसँगै आउदो सिजन पनि पिएसजीबाटै खेल्ने बताएका हुन् ।

उनले भने, ‘म यहि छु, म यहि प्रोजेक्टमा छु, रियल म्याड्रिडमा जिदानलाई देख्दा खुशी लागेको छ, मैले उनलाई आफ्नो प्रेरक व्यक्तिको रुपमा मात्र हेर्ने छु ।’

फ्रेन्च लिग वानमा यस सिजन ३० गोल गरेका एम्बाप्पेले अगाडी भने. ‘म खुशी छु की यस सिजनमा ३० गोल गरे र अझै केहि खेल बाँकी छन् र अझै गर्ने प्रयास गर्ने छु ।’

च्याम्पियन्स लिगमा म्यानचेस्टर युनाइटेडसँग पराजित हुनु दुर्भाग्यपूर्ण भएको भन्दै एम्बाप्पेले फ्रेन्च कोपा र लिग वानको उपाधि जितेकोमा खुशी व्यक्त गरे ।

एम्बाप्पेले अघिल्लो बर्ष सम्पन्न विश्वकप फुटबलमा उत्कृष्ट प्रदर्शन गर्दै फ्रान्सलाई विश्वकप जिताएका थिए । उनलाई विश्व फुटबलमा उदाउदो सुपरस्टारको रुपमा हेरिएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै