तारा एयरको विमान रामेछापको मन्थली विमानस्थलमा दुर्घटना, सबै यात्रु सकुशल 

खरीबोट

काठमाडौं । तारा एयरको विमान रामेछापको मन्थली विमानस्थलमा दुर्घटना भएको छ ।

सोमबार बिहान तारा एयरको ९-एन एकेके कल साइनको डोर्नियर विमान टायर पन्चड (ल्यान्डिग गियर फेल) भएपछि दुर्घटना भएको हो । 

काठमाडौंबाट लुक्काका लागि उडान भरेको विमान मौसम खराबीको कारण त्यहाँ अवतरण गर्ने नसकेपछि रामेछापको मन्थली विमानस्थलमा फर्किएको थियो । दुर्घटना भएको विमानमा १४ जना यात्रु चढेका थिए । दुर्घटनाबाट मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।

राजधानी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा निर्माणकार्य भइरहेकाले विमानहरूले लुक्लाका लागि मन्थलीबाट उडान भर्दै आएका छन् । विमान दुर्घटना भएपनि अहिले रामेछाप विमानस्थलको बन्द गरिएको छ । विमानलाई हटाइएपछि मात्र उडान सूचारु हुने बताइएको छ

यस अगाडि बैशाख १ गते लुक्लामा समिट एयरको जहाज दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको थियो। सोलुखुम्बुको तेञ्जिङ हिलारी विमास्थलमा ९ एन-एएमएच कलसाइनको जहाज धावनमार्गबाट चिप्लिदा दुर्घटना भएको थियो ।
 

सम्बन्धित समाचार

लुक्ला विमान दुर्घटनाबारे स्थलगत अध्ययन 

सोलुखुम्बु । तेञ्जिङहिलारी विमास्थल लुक्लामा भएको विमान दुर्घटनाका विषयमा छानविन गर्न गठित समितिले स्थलगत अध्ययन गरेको छ । टोली बुधबार लुक्ला आई स्थलगत अध्ययन गरेको नागरिक उड्डयन प्राधिकरण लुक्लाका स्टेशन

समीट एयर दुर्घटना छनबिन गर्न आयोग गठन 

काठमाडौं । आइतबार बिहान लुक्लामा भएको समीट एयर दुर्घटनाको छानबिन गर्न सरकारले दुर्घटना जाँच आयोग गठन गरेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक राजेशराज दलीको अध्यक्षमा चार सदस्यीय आयोग गठन

लुक्ला विमानस्थलमा दुर्घटना अपडेट : मृतकको संख्या तीन पुग्यो 

काठमाडौँ । लुक्ला विमानस्थलमा समिट एअरको विमान धावनमार्गबाट चिप्लिएर गई मनाङ एअरको हेलिकप्टरमा ठोक्किँदा मृत्यु हुनेको संख्या तीन पुगेको छ । दुर्घटनामा एक को-पाइलट सहचालक र विमानस्थल सुरक्षामा खटिएका नेपाल प्रहरीका

लुक्लामा विमान दुर्घटना अपडेट : को-पाइलट र एक प्रहरीको मृत्यु 

काठमाडौं । सोलुखुम्बुको लुक्ला विमानस्थलमा समीट एयरको जहाज दुर्घटना हुदा २ जनाको मृत्यु भएको छ । लुक्काबाट रामेछापका लागि उड्नेक्रममा समीट एयरको  विमान  दुर्घटनामा परेको हो । उड्ने क्रममा धावनमार्गबाट चिप्लिएर


z