• २०८१ बैशाख ४ मंगलबार

तारा एयरको विमान रामेछापको मन्थली विमानस्थलमा दुर्घटना, सबै यात्रु सकुशल 

kharibot

काठमाडौं । तारा एयरको विमान रामेछापको मन्थली विमानस्थलमा दुर्घटना भएको छ ।

सोमबार बिहान तारा एयरको ९-एन एकेके कल साइनको डोर्नियर विमान टायर पन्चड (ल्यान्डिग गियर फेल) भएपछि दुर्घटना भएको हो । 

काठमाडौंबाट लुक्काका लागि उडान भरेको विमान मौसम खराबीको कारण त्यहाँ अवतरण गर्ने नसकेपछि रामेछापको मन्थली विमानस्थलमा फर्किएको थियो । दुर्घटना भएको विमानमा १४ जना यात्रु चढेका थिए । दुर्घटनाबाट मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।

राजधानी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा निर्माणकार्य भइरहेकाले विमानहरूले लुक्लाका लागि मन्थलीबाट उडान भर्दै आएका छन् । विमान दुर्घटना भएपनि अहिले रामेछाप विमानस्थलको बन्द गरिएको छ । विमानलाई हटाइएपछि मात्र उडान सूचारु हुने बताइएको छ

यस अगाडि बैशाख १ गते लुक्लामा समिट एयरको जहाज दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको थियो। सोलुखुम्बुको तेञ्जिङ हिलारी विमास्थलमा ९ एन-एएमएच कलसाइनको जहाज धावनमार्गबाट चिप्लिदा दुर्घटना भएको थियो ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै