• २०८१ बैशाख ८ शनिबार

विश्वकप क्रिकेटका लागि अफगानिस्तानको १५ खेलाडीको घोषणा 

kharibot

काठमाडौँ । आगामी मे ३० देखि जुलाई १४ सम्म इङल्याण्ड र वेल्समा हुने विश्वकप क्रिकेटका लागि अफगानिस्तानले १५ सदस्यीय खेलाडीको घोषणा गरेको छ । 

अफगानिस्तान क्रिकेट बोर्ड गुलबदीन नावीको कप्तानीमा १५ सदस्यीय टिमको सोमबार घोषणा गरेको हो ।

गुलबदीन नावी (कप्तान), मोहमद शाहजाद, नूर अली जर्दन, हजारतुल्लाह जजई, रहमत शाह, अस्घर अफगान, हस्मतुल्लाह शाहिदी, नाजिबुल्लाह जर्धन, समिउल्लाह शिनवारी, मोहमद नावी, राशिद खान, दवालत जद्रान, अफताब आलम, हमिद हसन, मुजीब रहमान रहेका छन् ।   

अफगानिस्तानले केहि साता अघि मात्र नियमित कप्तान अस्घर अफगानलाई हटाएर गुलनबी नाबीलाई एकदिवसीय कप्तान बनाएको थियो ।

बोर्डको निर्णयको टिमका खेलाडी मोहमद नाबी र राशिद खानले सार्वजनिक रुपमै विरोध गरेका थिए । खेलाडीको विरोधपछि पनि अफगानिस्तान क्रिकेट बोर्डले गुलबदीनलाई नै विश्वकपको कप्तान बनाएको छ ।

विश्वकपमा अफगानिस्तानले आफ्नो पहिलो खेल जुन १ मा अस्ट्रेलियासँग विश्वकपको पहिलो खेल खेल्दै छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै