• २०८१ बैशाख ७ शुक्रबार

अफगान सुरक्षाफौजको कारबाहीमा नौ तालिबानी लडाकूको मृत्यु

kharibot

अफगानिस्तान । घाज्नी प्रान्तको काराबाग जिल्लामा सोमबार बिहान अफगान सुरक्षाफौजले गरेको कारबाहीमा नौ जना तालिबानी लडाकूको मृत्यु भएको छ ।

प्रान्तीय सरकारका प्रवक्ता आरफ नुरीले सेनाले तालिबानी समूहको कब्जामा रहेका अरु १० जनालाई पनि मुक्त गराएको जानकारी दिए ।

नुरीका अनुसार सेनाले पाँच जना तालिबानी लडाकूलाई पक्राउ गरेको छ । घाज्नी प्रान्तको केही भूभाग कब्जा गरेका तालिबानी समूहले भने यस सैनिक कारबाहीका बारेमा केही बताएको छैन ।

घाज्नीमा पछिल्ला केही वर्षदेखि सरकारी फौज र तालिबान समूहबीच भिषण सङ्घर्ष भइरहेको छ ।

कोइलाखानीमा निसास्सिएर ८ अफगानीको ज्यान गयो

अफगानिस्तानको उत्तरी प्रान्त समानगानमा आइतबार एउटा कोइला खानीमा निसास्सिएर आठ जना मजदूरको मृत्यु भएको स्थानीय अधिकारीले बताएका छन् ।

प्रान्तीय राजधानी आयबाकबाट पश्चिममा रहेको डारा–ए–सुफी–बालामा उक्त घटना भएको हो । प्रान्तीय परिषदका प्रमुख राज मोहम्मदले कोइला खानी दुर्घटनाबाट मृत्यु हुनेको संख्या हरेक वर्ष बढ्दै गएको भन्दै चिन्ता व्यक्त गरे ।

गत अप्रिल ९ मा सुफ पायान जिल्लामा पनि कोइला खानी दुर्घटनामा छ जना मजदूरको ज्यान गएको थियो ।

अफगानिस्तानका दुर्गम क्षेत्रमा सञ्चालन हुने यस्ता कोइला खानीहरु सामान्यतया दर्ता नगरिने र निकै जोखिमपूर्ण पनि रहने गरेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै