सलमान खानको फिल्म 'भारत' को ट्रेलर सार्वजनिक 

खरीबोट

मुम्बई । बलिवुडको यस वर्षको बहुप्रतिक्षीत फिल्म मध्येको एक ‘भारत’ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ ।

अभिनेता सलमान खान र कट्रिना कैफको प्रमुख भूमिकामा भएको यस फिल्ममा सलमानले युवादेखि वृद्धसम्मको भूमिकामा रहेका छन् । यस अघि गत सोमबार जारी फिल्मक पहिलो पोष्टरमा सलामान एक वृद्ध पुरुषको गेटअपमा प्रस्तुत गरिएको थियो । 

यस फिल्ममा सलमान १८ वर्षको युवकदेखि ७० वर्षको वृद्धसम्मको भूमिकामा देखिनेछन् । यो फिल्ममा उनको ६ अलग-अलग लुक्स रहेको बताइएको छ । फिल्म यही जुन ५ मा रिलिज हुँदैछ । 

यो फिल्ममा सलमानको अपोजिटमा अभिनेत्री कटरीना कैफ रहेकी छन् । त्यस्तै फिल्ममा अभिनेता जैकी श्राफले सलमानको पिताको भूमिका निभाएका छन् । 

फिल्ममा अभिनेत्री दिशा पाटनी, सोनाली कुलकर्नी, सुनिल ग्रोवरको पनि अभिनय छ । फिल्मलाई अली अब्बास जाफरले निर्देशन गरेका छन् । जाफरले यसअघि सलमानसँग 'सुल्तान' र 'टाइगर जिन्दा हे'  फिल्म बनाएका थिए ।

भारतको ट्रेलर :

सम्बन्धित समाचार

कबीर सिंहको सफलतापछि शहिद कपुरले पारिश्रमिक बढाए !

काठमाडौँ । बलिवुड अभिनेता शाहिद कपुरले फिल्म कबीर सिंहको सफलतापछि आफ्नो पारिश्रमिक बढाएका छन् । फिल्म फेयरका अनुसार शाहिदले आफ्नो पारश्रमिक अब प्रति फिल्म ३० देखि ३५ करोड बनाएका छन् ।

टम क्रुज अभिनित टप गनको सिक्वेलको ट्रेलर सार्वजनिक

काठमाडौँ । हलिवुड अभिनेता टम क्रुज अभिनित फिल्म टप गनको सिक्वेलको ट्रेलर सार्वजनिक भएको छ । ३३ बर्षअघि सन् १९८६ मा टम क्रुजले अभिनय गरेको फिल्म टप गनको सिक्वेलमा उनी एक्सन

साहोको रिलिज मिति सारियो, अक्षय र जोनको फिल्म एकसाथ भिड्ने

मुम्बई । बाहुबली फेम प्रभास र श्रद्धा कपुरको नयाँ फिल्म साहोको रिलिज मिति सारिएको छ । यस अघि अगष्ट १५ मा रिलिज गर्ने भनिएको यो फिल्म सुपरस्टार अक्षयकुमारको फिल्म मिसन मंगलसँग

बलिवुड अभिनेता अर्जुन रामपाललाई पुत्रलाभ

मुम्बई । बलिवुड अभिनेता अर्जुन रामपाल तेस्रो पटक पिता बनेका छन् । रामपाल र उनकी प्रेमिका गैब्रिएला डेमेट्रिएडसबाट विहिबार छोराको जन्म भएको छ । भारतीय मिडियाका अनुसार मुम्बईस्थित हिन्दुजा अस्पतालमा गैब्रिएलाले छोराको


z