• २०८१ बैशाख ६ बिहीबार

बजेट अधिवेशनमा चार नयाँ विधेयक आउदै 

kharibot

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले यही वैशाख १६ गतेदेखि दुवै सङ्घीय संसद्को अधिवेशन आह्वान गरेकी छन् ।

नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम यही वैशाख १६ गते अपराह्न ४ बजे अन्तरराष्ट्रिय सम्मलेन केन्द्र नयाँ बानेश्वरमा दुवै सङ्घीय सदनको अधिवेशन आह्वान गरिएको छ ।

सरकारले बजेट अधिवेशनमा संसदमा चार नयाँ विधेयक ल्याउन लागेको छ । प्रतिनिधि सभाको विधेयक शाखामा दुई र राष्ट्रिय सभाको विधेयक शाखामा दुई  गरी चार छलफलको लागि विधेयक दर्ता हुन लागेको हो । 

प्रतिनिधि सभामा राष्ट्रिय मानव अधिकार आयोग ऐन २०६८ लाई संशोधन गर्न बनेको विधेयक र औधोगिक व्यवसायसम्बन्धी प्रचलित कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०७५ दर्ताको प्रक्रियामा रहेको छ । 

प्रमाण ऐन २०३१ लाई संशोधन गर्न बनेको ऐन  र संघ, प्रदेश र स्थानीय तहबीचको अन्तरसम्बन्ध व्यवस्थित गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको व्यवस्था विधेयक राष्ट्रिय सभामा दर्ता भएका छ ।  

विधेयक कानुन मन्त्रालय र प्रधानमन्त्री  तथा मन्त्रीपरिषदको कार्यालयबाट दर्ताको लागि आएको हो । 

विधेयक दर्ता भइसकेपछि संसदहरुलाई वितरण हुन्छ । संसदले विरोध सुचना राख्न सक्ने व्यवस्था छ । संसदमा प्रस्तुत भइसकेपछि  छलफल हुन्छ । संशोधन हाल्न सक्ने व्यवस्था छ । त्यसमाथि छलफल भइसकेपछि पारित हुन्छ ।
यसअघि गत चैत १० गते हिउँदे अधिवेशन सम्पन्न भएको थियो ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै