सुडानी प्रदर्शनकारीलाई ‘अवरोध’ हटाउन सेनाको आग्रह

खरीबोट

सुडान । सुडानी सेनाले सैनिक मुख्यालय अघिल्तिर राखेका अबरोधहरु हटाउन सोमबार प्रदर्शनकारी समक्ष आग्रह गरेको छ । सेनालाई तत्काल सत्ता छाड्न आग्रह गर्दै सैनिक मुख्यालय बाहिर हजारौं सुडानी जनता केही दिनदेखि धर्नामा बसेका छन् ।

नागरिकलाई सत्ता हस्तान्तरण गर्नेबारेमा सत्तारुढ सैनिक परिषदसँग भएको वार्ता बिफल भएसँगै सेनाले उक्त आग्रह गरेको हो । प्रदर्शनमा सहभागी नेताहरुले सेनालाई शासनसत्ता त्यागी जनताको हातमा शासनसत्ता सुम्पन निरन्तर दबाब दिइरहेका छन् ।

गत अप्रिल ६ देखि नै सैनिक मुख्यालय बाहिर प्रदर्शनकारीको ठूलो भिड निरन्तर जम्मा भइरहेको छ । उनीहरुले सडकका ठाउँठाउँमा अबरोधहरु पनि राखेका छन् ।

सैनिक परिषदको वक्तव्यमा प्रदर्शनकारीको अबरोधका कारण रेलसेवा र यातायातका अरु साधन सहज रुपमा नचल्दा नगरमा अत्यावश्यकीय सामानको ढुवानीमा असर परेको उल्लेख छ ।

आइतबार सुडानका नयाँ सैनिक शासक जनरल अब्देल फताह अल–बुरहानले सडकमा प्रदर्शनकारीले जताततै चेकप्वाइन्ट बनाएर प्रदर्शनकारीको समेत खानतलासी गरेकामा असन्तुष्टी जनाएका थिए ।

“यसले निरन्तरता पाउनु हुँदैन किनभने सुरक्षा राज्यको प्रमुख जिम्मेवारी पनि हो,” बुरहानले भने ।

तर प्रदर्शनकारीले चेकप्वाइन्ट कुनै पनि हालतमा नहटाउने घोषणा गरेका छन् । “हामी यी अबरोधहरु अहिल्यै हटाउने अवस्थामा छैनौं,” एक जना २३ वर्षीय प्रदर्शनकारी कथर हसाबल्लाहले बताए । “कसैले पनि, सैनिक परिषदले पनि हामीलाई यो ठाउँबाट हटाउन सक्दैन ।”

महिनौंको प्रदर्शनपछि सुडानी सेनाले पूर्व राष्ट्रपति ओमार अल–बासिरलाई गत अप्रिल ११ मा सत्ताच्यूत गरेको थियो । तर बसिरको सैनिक सत्ता समाप्त भएकामा खुशी भएका जनता नयाँ सैनिक सत्ता शुरु भएकामा आक्रोशित छन् ।

हाल सुडानमा जनरल बुरहानको नेतृत्वमा १० सदस्यीय सैनिक परिषदले शासन सञ्चालन गरिरहेको छ । प्रदर्शनकारीले उक्त परिषद भङ्ग हुनुपर्ने र नागरिकको नेतृत्वमा सरकार गठन हुनुपर्ने माग गरिरहेका छन् ।

सम्बन्धित समाचार

दक्षिण सुडानद्वारा कार्यक्षेत्रमा अनुपस्थित भएको आरोपमा ४० कूटनीतिज्ञलाई बर्खास्त

जुबा । दक्षिण सुडानले बिहीबार विदेश मन्त्रालयसँग अनुमति नलिइकन खटाइएको क्षेत्रमा अनुपस्थित रहेका ४० कूटनीतिज्ञलाई पदबाट हटाएको जनाएको छ । सम्बन्धित मन्त्रालयलाई जानकारी नगराइकन गैरकानूनीरूपमा दक्षिण सुडानमा काम गर्दै आएका उनीहरूको

सुडानमा नागरिक–सैन्य संयुक्त सरकार बनाउने बारेमा छलफल

खार्तुम । सुडानमा आन्दोलनकारी तर्फ र सैन्य शासक तर्फबाट संयुक्त रुपमा गठन गरिएको एक समितिले सोमबार प्रारम्भिक छलफल गरेको छ ।  वर्तमान सैनिक सरकारलाई विस्थापित गरी नागरिक–सैन्य संयुक्त परिषद् बनाउने बारेमा

सुडान सङ्कट : तीन सैनिकको राजीनामा, व्यापक प्रदर्शनको तयारी

सुडान । सुडानको सत्तारुढ सङ्क्रमणकालीन सैनिक परिषदका तीन उच्च सैनिक अधिकारीहरुले आफ्नो पदबाट राजीनामा दिएका छन् । तर, उनीहरुको राजीनामा स्वीकृत हुन बाँकी रहेको परिषदले जनाएको छ । राजीनामा गर्नेहरुमा परिषदको

सुडानको सैनिक सरकारद्वारा आन्दोलनकारीलाई वार्ताका लागि आह्वान

खर्तुम । सुडानको शासन सत्ता लिएको सैनिक परिषद्ले आन्दोलनकारीहरुलाई वार्तामा आउन बुधबार आह्वान गरेको छ ।  नागरिक सरकारको माग गर्दै आन्दोलनकारीहरुले लगातार आन्दोलन गर्ने घोषणा गरेपछि सैनिक परिषद्ले वार्ताका लागि आह्वान


z