काँग्रेसले राजतन्त्र फर्काउने सपना बोकेको देख्दा अचम्म लाग्छ – प्रधानमन्त्री ओली

खरीबोट

काठमाडौं । प्रधानमन्त्री तथा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले नेपाली काँग्रेसका धेरै नेताहरू राजतन्त्र फर्काउने सपना बोकेर हिँडेको आरोप लगाएका छन् ।

नेकपाको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा ओलीले स्थापनादेखि नै काँग्रेसले गलत बाटो समातेको दाबी गरे।

‘काँग्रेसका धेरै नेताहरू राजतन्त्र फर्काउने सपना बोकेर हिँडेको देख्दा अचम्म लाग्छ’, प्रधानमन्त्रीले भने, ‘काँग्रेसले इतिहासका अनुभवहरूबाट शिक्षा लिनुपर्छ । गलत बाटो लिनु हुँदैन।'

सैद्धान्तिक रुपमा कुनै पनि लोकतन्त्रवादी राजनीतिक शक्तिले जन्मसिद्ध श्रेष्ठताको सिद्धान्त स्वीकार्न नसक्ने तर्क गर्दै ओलीले ‘कोही जन्मँदै शासक र रैती नहुने’ टिप्पणी गरे ।

उनले भने, ‘यति वर्ष लोकतान्त्रिक आन्दोलनको इतिहासबाट गुज्रिएपछि पनि काँग्रेस जन्मसिद्ध श्रेष्ठताको सिद्धान्तमा विश्वास गर्छ भने आफूलाई लोकतान्त्रिक नभने हुन्छ।‘

२००८ सालमा कांग्रेसको एकल सरकार बनेलगत्तै कम्युनिस्ट पार्टीमाथि प्रतिबन्ध लगाइएको स्मरण गर्दै प्रधानमन्त्री ओलीले त्यो बाटो सच्याउन काँग्रेसले अझै पनि नसकेको बताए।

‘आठ सालमा जब काँग्रेसको एकल सरकार बन्यो तब कम्युनिस्ट पार्टीले राष्ट्रियताको पक्षमा राखेको अडानसँग डराएर सहयात्री दलमाथि प्रतिबन्ध लगाउने गलत बाटो समात्यो’, उनले भने, ‘ काँग्रेसले त्यो बाटो अहिलेसम्म पनि सच्याउन सकेको छैन।‘
वामपन्थी र प्रगितशील शक्तिसँग मिलेर अघि बढ्नुपर्नेमा काँग्रेसले जहिले पनि प्रतिक्रियावादी शक्तिसँग घाँटी जोडेको उनले बताए । 

‘एकाधपटक धेरै दवाब दिँदा र बाध्य पार्दामात्र सहकार्य गर्ने नत्र प्रतिक्रियावादी शक्तिसँग घाटी जोड्ने तर जनताका शक्तिसँग वैरभाव गर्ने गलत नीति कांग्रेसले लियो’, उनले भने, ‘कांग्रेसले इतिहासका अनुभवहरूबाट शिक्षा लिनुपर्छ।‘  
काँग्रेसले आफूलाई लोकतान्त्रिक शक्ति भन्ने हो भने जनवादी शक्तिसँग एकता गर्नुपर्ने ओलीले बताए ।

सम्बन्धित समाचार

जलवायु परिवर्तनको नकारात्मक असर नेपालमा : प्रधानमन्त्री ओली

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा जलवायु परिवर्तनको नकारात्मक असर परेको बताएका छन् । ग्रीनहाउस ग्यास उत्र्सजनमा नेपालको भूमिका नगण्य भए पनि नेपालले यसको असर खेपिरहनु परेको प्रधानमन्त्री ओलीको

विकासका लागि अहिले उपयुक्त समय : प्रधानमन्त्री ओली

काठमाडौ । प्रधान मन्त्री केपी शर्मा ओलीले नेपालको विकासका लागि अहिले उपयुक्त समय भएको बताएका छन् । राष्ट्रिय युवा परिषदले आयोजना गरेको संघीय नमुना युवा संसदको बैठकलाई आज सम्बोधन गर्दै

अरु वर्षको असार २९ जस्तो प्रसन्न मन छैन : प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बाढीपहिरोका कारण ४० भन्दा बढीले जीवन गुमाएका कारण अरु वर्ष असार २९ गतेको जस्तो प्रसन्न मन यस पटक हुन नसकेको बताए । संस्कृति, पर्यटन तथा

बाढी पहिरो प्रभावितको तत्काल उद्धार गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा आएको बाढीपहिरोबाट प्रभावितलाई तत्काल उद्धार गर्न र सम्भावित क्षति न्यूनीकरण गर्न सम्बन्धित सबै निकायलाई निर्देशन दिएका छन् ।  प्रधानमन्त्री


z