• २०८१ बैशाख ७ शुक्रबार

राजस्थानविरुद्ध सन्दीपको अर्को परीक्षा

kharibot

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज दिल्ली दिल्ली क्यापिटल्स र राजस्थान रोयल्सबीच खेल हुदै छ । राजस्थानको घरेलु मैदान जयपुरमा हुने यो खेल नेपाली समय अनुसार राति सवा ८ बजे सुरु हुने छ ।

अहिलेसम्मको खेलमा दिल्ली अंक तालिकामा तेस्रो स्थानमा छ । १० खेलमा ६ खेलमा जित हासिल गर्दै १२ अंकसहित दिल्ली मुम्बई इण्डियन्ससँग रनरेटको आधारमा पछि पर्दै तेस्रो स्थानमा रहेको छ । 

त्यस्तै राजस्थानको भने ९ खेलमा केबल ३ खेलमा जित हासिल गर्दै ६ अंक बटुलेर सातौ स्थानमा रहेको छ ।   

प्लेअफको संभावना कायमै राख्न राजस्थानले आजको खेल जित्नै पर्ने देखिन्छ भने दिल्ली आजको खेलमा विजयी भएर प्लेअफ नजिक पुग्ने प्रयास गर्ने छ । 

नेपाली लेग स्पिनर सन्दीप लामिछाने तीन खेलको ब्रेकपछि गत शनिवार किंग्स इलेभेन पन्जावविरुद्ध ३ महत्वपूर्ण विकेट लिएर शानदार कमब्याक गरेका छन् । सन्दीप ४ ओभरमा ४० रन दिएर अलिकति महँगो साबित भएपनि केएल राहुल, क्रिस गेल र साम कुरानको विकेट लिएका थिए । सन्दीपको प्रदर्शन र दिल्लीको टिमको कम्बिनेशन हेर्दा आजको खेलमा दिल्लीबाट सन्दीप खेल्ने निश्चित प्राय: रहेको छ । उत्कृष्ट प्रदर्शन गरेका सन्दीपको राजस्थानविरुद्ध टिमलाई जिताउने अर्को परीक्षा हुने देखिन्छ ।

सन्दीपले यस सिजनमा अहिलेसम्म दिल्लीबाट ५ खेलमा ८ विकेट लिएका छन् । सुरुवाती दुई खेलमा बेन्चमा बसेका सन्दीपले पंजावविरुद्ध २ खेलमा ५ विकेट लिएका छन् भने कोलकता, हैदरावाद र बेंगलोरविरुद्ध १-१ विकेट लिएका छन् ।

जयपुरको क्रिकेट मैदान ठुलो भएकोले स्पिनरलाई बलिङ गर्न र विकेट लिन सजिलो हुने हुनाले आजको खेलमा सन्दीप प्रभावशाली हुने बताइएको छ । दिल्लीले आजको टिममा कुनै परिवर्तन एक परिवर्तन गर्नसक्ने अनुमान गरिएको छ । 

दिल्लीका लागि कप्तान श्रेयस अय्यर, शिखर धवन, रिषव पन्त, सन्दीप लामिछाने र कागीसो रबाडाको प्रदर्शन उल्लेख्य हुने छ ।   

त्यस्तै राजस्थानले आफ्ना नियमित कप्तान आजिख्य रहानेलाई परिवर्तन गरेर अस्ट्रेलियाका स्टिभ स्मिथलाई नयाँ कप्तान बनाएपछि पछिल्लो खेल्मा जित हासिल गरेको छ । यस बर्ष राम्रो प्रदर्शन गर्न नसकेको राजस्थानले दिल्लीविरुद्धको खेलमा जित हासिल गरेर आफ्नो लय कायम राख्न चाहन्छ । राजस्थानका लागि जोफ्रा आर्चर, संजु सामसन, स्टिभ स्मिथ र युवा खेलाडी रियान परागको प्रदर्शन उल्लेख्य हुने देखिन्छ ।   
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै