• २०८१ बैशाख १२ बुधबार

टिकेन नेप्सेको उच्च बढ्त : आज सात दसमलव २६ अंकले घट्यो 

kharibot

काठमाडौं । अघिल्लो दिनको नेप्सेको उच्च बृद्धिले साताको दोस्रो कारोवार दिन आज सोमबार निरन्तरता पाउन सकेन ।

नेप्से आज सात दसमलव २६ अंकले घटेर १२ सय ५६ दसमलव ९४ बिन्दुमा झर्दा सेन्सिटिभ इन्डेक्स पनि दुई दसमलव चार अंकले घटेर दुई सय ७१ दसमलव ३७ बिन्दुमा झरेको छ ।

एक सय ६८ कम्पनीहरुको १० हजार आठ सय ३६ वटा कारोवारमा ३२ लाख २२ हजार दुई सय ५६ कित्ता सेयर खरिद बिक्री भएकाछन । उक्त परिमाणमा सेयर खरिद बिक्री हुंदा कारोवार रकम एक अर्ब तीन करोड ७६ लाख ४३ हजार दुई सय ९१ रुपैयाँ पुगेको छ ।  

नेप्सेमा आज ११ वटा समुहको कारोवार भएकोमा चार वटा समुहको सुचकमा सुधार आएपनि बाँकी सात वटा समुहको सुचकमा गिरावट आएको छ । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक १३ दसमलव ८९ अंकले घटेर ११ सय ५३ दसमलव ७४ बिन्दुमा चढ्दा बिकास बैक समुहको सुचक १२ दसमलव ९८ अंकले घटेर १५ सय १२ दसमलव ६४ बिन्दुमा चढेको छ ।

जलबिद्युत समुहको सुचक पनि एक दसमलव ८८ अंकले घटेर ११ सय ३९ दसमलव ७२ बिन्दुमा झरेको छ । यि बाहेक लघुबित्त, होटल, फाईनान्स र अन्य समुहको सुचकपनि घटेकाछन ।

निर्जिवन बीमा समुहको सुचक भने ६४ दसमलव ८५ अंकले बढेर पाँच हजार पाँच सय २६ दसमलव ५२ बिन्दुमा चढेको छ । यि बाहेक जीवन बीमा, ट्रेडिङ र होटल समुहको सुचक पनि बढेकाछन । 

आज बढी कमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा परेको एभरेष्ट इन्स्योरेन्स कम्पनीको प्रतिकित्ता सेयर मुल्य नौ रुपैयाँ ७७ पैसाले बढेर तीन सय ५४ रुपैयाँमा कारोवार भएको छ भने गुमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा परेको माउन्टेन हाईड्रो पावर कम्पनीको प्रतिकित्ता सेयर मुल्य पाँच रुपैयाँ २० पैसाले घटेर ९१ रुपैयाँमा कारोवार भएको छ ।

यसैगरी बढी रकम कारोवारका आधारमा पहिलो स्थानमा परेको नेपाल बैंकको प्रतिकित्ता तीन सय नौ रुपैयाँ अन्तिम मुल्यमा नौ करोड ३६ लाख ३४ हजार सात सय ६२ रुपैयाँमा कारोवार भएको छ ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै