• २०८१ बैशाख १२ बुधबार

रिषव पन्तको आक्रामक ब्याटिंगपछि दिल्ली विजयी 

kharibot

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट अन्तर्गत दिल्ली क्यापिटल्सले राजस्थान रोयल्सलाई पराजित गरेको छ ।

गएराती सम्पन्न खेलमा दिल्लीले राजस्थानलाई ६ विकेटले पराजित गरेको हो ।

राजस्थानले दिएको १९२ रनको लक्ष्य पछाएको दिल्लीले १९.२ ओभरमा ४ विकेट गुमाउदै पुरा गरेको थियो ।

दिल्लीको जितमा रिषव पन्तले तुफानी ब्याटिंग गरेका थिए । रिषवले ३६ बलमा अविजित ७८ रन बनाउदै दिल्लीलाई जित दिलाएका थिए । रिषवले ३६ बलमा ६ चौका र ४ छक्का प्रहार गरेका थिए ।

त्यस्तै शिखर धवनले पनि २७ बलमा ५४ रनको आक्रामक पारी खेलेका थिए । दिल्लीका लागी पृथ्वी शाले ४२, कप्तान श्रेयस अय्यरले ११ रन बनाएका थिए ।

राजस्थानका बलर श्रेयस गोपालले २ विकेट लिए भने धवल कुल्कर्नी र रियान परागले एक एक विकेट लिए ।

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको राजस्थानले २० ओभरमा ६ विकेट गुमाउदै १९१ रन बनाएको थियो ।

राजस्थानका लागि आजिख्य रहानेले शतक प्रहार गरेका थिए । रहानेले अविजित रहदै ६३ बलमा १०५ रन बनाएका थिए । रहानेले ११ चौका र ३ छक्का प्रहार गर्दै १०५ रन बनाएका हुन् । रहानेने आफ्नो आइपिएल क्यारियरको दोस्रो शतक बनाएका हुन् । 

त्यस्तै राजस्थानका कप्तान स्टिभ स्मिथले ३२ बलमा ५० रनको पारी खेलेका थिए । त्यस्तै स्टुअर्ट बिन्नीले १९ रनको योगदान दिएका थिए ।

दिल्लीका बलर कागीसो रबाडाले २ विकेट लिए भने इशान्त शर्मा, अक्सर पटेल र क्रिस मोरिसले एक एक विकेट लिएका थिए ।

सन्दीपको ठाउमा आज खेलेका मोरिसले ४ ओभरमा ४१ रन दिएर एक विकेट लिए भने अमित मिश्रले ३ ओभरमा २८ रन दिएर कुनै विकेट लिएनन् । त्यस्तै अर्का स्पिनर अक्सर पटेलले ४ ओभरमा ३९ रन दिएर एक विकेट लिएका थिए ।

यस सिजनमा दिल्ली ११ खेलमा ७ खेलमा जितका साथ १४ अंकसहित चेन्नईलाई पछि पर्दै शिर्ष स्थानमा पुगेको छ । त्यस्तै राजस्थानले भने यस सिजनमा अहिलेसम्म १० खेलमा केवल ३ खेलमा मात्र जित हासिल गरेको छ ।  
 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै