• २०८१ बैशाख ११ मंगलबार

सन्नी देओल राजनीतिमा, बिजेपीको सदस्यता लिदै भने, 'मोदीसँग जोडिन आए' 

kharibot

नयाँ दिल्ली । बलिवुड अभिनेता सन्नी देओल सत्तारुढ दल भारतीय जनता पार्टीको सदस्यता लिएका छन् । सन्नी देओलले मंगलबार बिजेपीको सदस्यता लिएका हुन् । 

अहिले भारतीय लोकसभाको निर्वाचन चलिरहेका बेला बलिवुडका सेलिब्रेटी र क्रिकेटर राजनीतिमा धमाधम प्रवेश गरेका छन् । देओल भारतीय राजनीतिमा प्रवेश गर्ने पछिल्लो अभिनेता हुन् । उनलाई भारतीय केन्द्रीय मन्त्री पियुष गोयल र निर्मला सितरमणले सदस्यता दिएकी हुन् ।

देओलका पिता धर्मेन्द्र पनि यसअघि २००४ देखि २००९ सम्म विजेपीबाट सांसद बनिसकेका छन् । त्यस्तै उनकी सौतेनी आमा अभिनेत्री हेमा मालिनी विजेपीबाट नै उत्तर प्रदेशको मथुराबाट निर्वाचन लडिरहेकी छन् ।

सदस्यता लिएपछि देओलले आफ्ना पिता अटलबिहारी बाजपेयीसँग राजनीतिमा जोडिएको र अहिले आफु नरेन्द्र मोदीसँग जोडिएको बताए ।

मिडिया रिपोर्टका अनुसार देओल पंजाव राज्यको गुरदासपुरबाट चुनाव लड्ने बताइएको छ ।

भारतमा अहिले जारी निर्वाचनमा अभिनेत्री उर्मिला मातोड़कर काँग्रेसबाट, क्रिकेटर गौतम गम्भीर बिजेपीबाट हेमा मालिनी बिजेपीबाट, अभिनेत्री जया प्रदा, भोजपुरी अभिनेता रवी किसन विजेपीबाट चुनावी मैदानमा रहेका छन् ।      
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै