काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला प्रशासन कार्यालय, इलामका युवा स्वरोजगार कार्यक्रमका स्वयमसेवक भानुभक्त आचार्यसहित २ जनालाई घुससहित पक्राउ गरेको छ ।
अख्तियारका अनुसार जिल्ला प्रशासन कार्यालयका नायव सुब्बा विनोद वि.सी.ले अह्राए बमोजिम हराएको पासपोर्टको प्रतिलिपि निकाल्ने प्रयोजनको लागि आचार्यले गुस लिएका थिए ।
सेवाग्राहीसँग घुस मागेको सूचना एवम् उजुरीको आधारमा अख्तियारको इटहरी कार्यालयबाट गएको टोलीले आचार्यसँग ६ हजार घुस लिएको अवस्थामा र घुस लिन अह्राउने नासु विनोद विसीलाई समेत जिल्ला प्रशासन कार्यालय इलामको कार्यालय परिसरबाट नियन्त्रणमा लिई अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।