• २०८१ बैशाख ११ मंगलबार

म्यानचेस्टर डर्बी सिटीले जित्यो, प्रिमियर लिग थप रोचक बन्दै 

kharibot

काठमाडौँ । इङलिश प्रिमियर लिगको म्यानचेस्टर डर्बी सिटीले जितेको छ । गएराती सम्पन्न युनाइटेडको घरेलु मैदानमा भएको खेलमा सिटी ले युनाइटेडलाई २-० गोल अन्तरले पराजित गर्दै लिगको शिर्ष स्थानमा उक्लिएको छ ।

म्यानचेस्टर सिटीको जितमा बेर्नार्डो सिल्भा र लिरोय सानेले एक एक गोल गरेका थिए । पहिलो हाफमामा बिना कुनै गोल सकिएको खेलमा खेलको ५४औ मिनेटमा सिल्भाले गोल गर्दै सिटीलाई सुरुवाती अग्रता दिलाएका थिए भने खेलको ६६ औं मिनेटमा सानेले गोल गर्दै सिटीको अग्रता दोब्बर पारेका थिए ।

यस अघि आइतबार एभर्टनसँग ४-० गोलको लज्जास्पद हार बेहोरेको युनाइटेडले लगातार दोस्रो खेलमा हार बेहोर्दै टप चारमा पुग्ने सम्भावना कठिन बन्दै गएको छ । त्यस्तै अर्को तिर यस सिजनको लिग जित्न लिभरपुलसँग कडा प्रतिष्पर्धा गरिरहेको सिटीले म्यानचेस्टर डर्बी जितेर कठिन परीक्षा पास गरेको छ ।

म्यानचेस्टर सिटी अब ३५ खेलमा ८९ अंकसहित लिगको शिर्ष स्थानमा पुगेको छ । त्यस्तै लिभरपुल ३५ खेलमा ८८ अंकसहित दोस्रो स्थानमा रहेको छ ।

सिटीले अब प्रिमियर लिगमा खेल्ने तीन खेलमा बर्नली, लेस्टर सिटी र ब्राइटनसँग खेल्ने छ । त्यस्तै म्यानचेस्टर युनाइटेडले खेल्ने तीन खेलमा भने चेल्सी, हडर्सफिल्ड र कार्डिफ सिटीसँग खेल्ने छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै