• २०८१ बैशाख १३ बिहीबार

क्लासिक टेकको बुलेट-जी इन्टरनेट प्लान सार्वजनिक  

kharibot

काठमाडौँ । ईन्टरनेट सेवा प्रदान गर्ने कम्पनी क्लासिक टेकले ईन्टरनेटको बढ्दो गतिको मागलाई ध्यानमा राख्दै यस कम्पनीले बजारमा ४०, ५० तथा ६५ एमबीपीएसका प्लानहरु बजारमा ल्याएको छ । 

यस कम्पनीले ४० एमबीपीएस गतिको बुलेट-जी प्लान मात्र ६ सय ९२ प्रति महिनाको दरमा वार्षिक ग्राहकहरुलाई उपलब्ध गराउने भएको छ । नेपालमै यति धेरै ब्यान्डविथ यति कम मूल्यमा उपलब्ध गराईएको यो पहिलो पटक हो ।

यसका साथैं जडान खर्च तथा फाईवर केवलमा शतप्रतिशत छुटका साथैं धरौंटी रकम बुझाउनु पर्ने छैन । यसका साथैं खल्ती पेमेन्ट गेट्वेको माध्यमबाट रिचार्ज गरी सो सेवा लिने ग्राहकहरुलाई ५ प्रतिशतको नगद छुटको व्यवस्था समेत गरिएको छ ।

यो अफर सीमित अवधिका लागि मात्र उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

यस ईन्टरनेटको ब्यान्डिवथको वृद्धि र कम्पनीको पूर्वाधारको सुधारको कारणले नेपालमा ग्राहकहरुले उत्कृष्ट सेवाको अनुभव पाउने छ भने विशेष गरी गेमर्सहरुका लागि ठूलो राहत मिल्ने कम्पनीको विश्वास रहेको छ ।

विगत नौं वर्ष देखि नेपालमा विशुद्ध ईन्टरनेट सेवा प्रदान गर्दै आएको यस क्लासिक टेकले हाल विश्वकै उत्कृष्ट जीपीओएन प्रविधिबाट फाईवर ईन्टरनेट सेवा प्रदान गर्दै आएको छ । यस कम्पनीसँग हाल १०० जिबीपीएसको फाईबर ब्याकबोन रहेको छ भने एयरटेरल र टाटाबाट देशका तीन नाकाहरुबाट आफ्नै लगानीमा ईन्टरनेटको ब्यान्डविथ भित्र्याएको छ ।

यसका साथैं गुगल, फेसबुक, अकामाई तथा अन्य विभिन्न सर्भरहरु आफैले होस्ट गरेको छ । सो सर्भर र नेटवर्कको पूर्वाधारको कारणले नै गुणस्तरीय सेवा उपलब्ध गराउन सक्षम भएको छ ।

अहिले सम्म नेपालको ७४ वटा जिल्लामा नेटवर्क विस्तार गर्नुका साथैं २० वटा भन्दा बढी शाखाको स्थापना गरी करीब ८०० दक्ष जनशक्तिहरुका माध्यमबाट निरन्तर रुपले आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ ।
 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै