काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का युवा र विद्यार्थी संगठनका नेताहरुले एनसेलको सिम प्रयोग नगर्न संयुक्त अपिल गरेका छन् ।
उनीहरुले बिहीबार संयुक्त विज्ञप्ति निकालेर एनसेलको सिम कार्ड प्रयोग नगर्न अपिल गरेका हुन् ।
विज्ञप्ति निकाल्नेमा वाईसीएलका अध्यक्ष रामप्रसाद सापकोटा (दीपशिखा), युवासंघ अध्यक्ष रमेश कुमार पौडेल, अनेरास्ववियु अध्यक्ष नविना लामा र अनेरास्ववियू (क्रान्तिकारी)का अध्यक्ष रञ्जित तामाङ रहेका छन् ।
संयुक्त विज्ञप्तिमा लेखिएको छ, ‘एनसेलले राज्यलाई तिर्नुपर्ने कर नतिर्दासम्म एनसेलको सिम प्रयोग नगर्न, नगराउन मातहतका सबै साथीहरु र आम जनसमुदायमा हार्दिक अपिल गर्दछौं ।’
उनीहरुले २४ घण्टाभित्र एनसेलले कर नतिरेमा दबावका कार्यक्रम घोषणा गरिने चेतावनी समेत दिएका छन् ।
साथै एनसेललाई कर छुट दिने वा अन्य कुनै प्रकारका विशेष सहुलियत दिने जस्ता राष्ट्रघाती निर्णय नगर्न नेकपाका युवा तथा विद्यार्थी संगठनका नेताहरुले सम्बद्ध निकायहरुलाई आग्रह समेत गरेका छन् ।
यस्तो छ संयुक्त विज्ञप्ति :