गोरखामा ४९ हजार घरको पुनःनिर्माण सम्पन्न

खरीबोट

गोरखा । २०७२ साल वैशाख १२ गते गएको विनाशकारी भूकम्पको चार वर्ष पूरा हुँदा गोरखामा ७५ प्रतिशत निजी आवास पुनःनिर्माणको काम सम्पन्न भएको छ ।

भूकम्पको केन्द्रबिन्दु रहेको गोरखामा  लाभग्राहीको सूचीमा परेकामध्ये ४९ हजार ७० लाभग्राहीको निजी आवास निर्माण सम्पन्न भएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार एकाइ गोरखाका प्रमुख रामशरण आचार्यले जानकारी दिए ।

भूकम्पपछि निजी आवास निर्माणका लागि गोरखामा कूल ७१ हजार पाँच जना लाभग्राहीको सूचीमा परेका थिए । एकाइका प्रमुख आचार्यका अनुसार जिल्लाका ११ वटा स्थानीय तहमध्ये पुनःनिर्माणमा भूकम्पको केन्द्रबिन्दु रहेको बारपाक सुलीकोट गाउँपालिका सबैभन्दा अघि रहेको छ । “अहिलेसम्मको अवस्था हेर्दा बारपाक  सुलीकोट गाउँपालिकामा कूल लाभग्राहीको सूचीमा रहेकामध्ये ८५ प्रतिशत घर पुनःनिर्माण सम्पन्न भएको छ, ” उनले भने, “त्यो जिल्लाका अन्य गाउँपालिकाको तुलनामा सबैभन्दा बढी हो ।”

बारपाक सुलीकोट गाउँपालिकामा सात हजार २०० लाभग्राहीको सूचीमा परेकामा छ हजार १५० को घर निर्माण सम्पन्न भइसकेको छ । त्यस्तै लाभग्राहीमा परेकामध्ये १८० को नाम प्रवलीकरणको सूचीमा परेको थियो । जसमध्ये ३६  लाभग्राहीले मात्र घर प्रवलीकरणको काम सम्पन्न गरेका छन् । प्रवलीकरणको सूचीमा परेका लाभग्राहीले पूर्ण क्षतिमा पर्नुपर्ने भन्दै गुनासो दर्ता गरेका प्रवलीकरणमा परेकाको घर पुनःनिर्माण छिटो हुन नसकेको प्रमुख आचार्यको भनाइ छ ।

गोरखाका स्थानीय तहमध्ये निजी आवास पुनःनिर्माणमा गण्डकी गाउँपालिका सबैभन्दा पछाडि रहेको छ । गण्डकी गाउँपालिकामा अहिलेसम्म लाभग्राहीको सूचीमा परेकामध्ये ५२ दशमलव ५५ प्रतिशतमात्र पुनःनिर्माण सम्पन्न भएको प्रमुख आचार्यले जानकारी दिए । “गण्डकी गाउँपालिकामा कूल पाँच हजार ६१९ जना लाभग्राही सूचीमा परेको थियो । तीमध्ये दुई हजार ९५३ निजी आवास मात्र पुनःनिर्माण सम्पन्न भएको छ”, उनले भने, “लाभग्राहीको सूचीमा परेकामध्ये पनि गण्डकी गाउँपालिकामा ४१३ को नाम प्रवलीकरणको सूचीमा रहेका छन् ।”

गोरखा जिल्लामा बारपाक सुलीकोट गाउँपालिकापछि अजिरकोट गाउँपालिका पुनःनिर्माणमा दोस्रो स्थानमा रहेको छ । अजिरकोटमा हालसम्म ८१ प्रतिशत निजी आवास पुनःनिर्माण सम्पन्न भइसकेको उनले जानकारी दिए । “कूल चार हजार १२६ लाभग्राहीको सूची परेको अजिरकोट गाउँपालिकामा तीन हजार ३७५ ले घर निर्माण सम्पन्न गरिसकेका छन्”, प्रमुख आचार्यले भने, “अजिरकोटमा लाभग्राहीको सूचीमा परेकामध्ये तीन हजार ९७ ले पहिलो किस्ता र तीन हजार ८०२ ले दोस्रो किस्ताको रकम लिइसकेको छ ।”

प्रमुख आचार्यका अनुसार निजी आवास पुनःनिर्माणमा जिल्लामा आरुघाट गाउँपालिका तेस्रो स्थानमा रहेको छ । आरुघाट गाउँपालिकमा अहिलेसम्ममा कूल छ हजार ९२४ लाभग्राहीको सूचीमा परेकामध्ये पाँच हजार २७५ अर्थात् ७६ दशमलव १८ प्रतिशतले घर निर्माण सम्पन्न गरिसकेका छन् । यता जिल्लाको भीमसेन थापा गाउँपालिकामा भने ७३ प्रतिशत निजी आवास निर्माण भइसकेको उनले जानकारी दिए । “भीमसेन थापा गाउँपालिकामा छ हजार ६६७ लाभग्राहीमध्ये चार हजार ९९२ को घर निर्माण भइसकेको छ”, उनले भने ।

यस्तै जिल्लाको गोरखा नगरपालिकामा ७२ दशमलव ४० निजी आवास निर्माणको काम सकिएको छ । गोरखा नगरपालिकामा लाभग्राहीको सूचीमा परेका नौ हजार ५५ मध्ये सात हजार ३५७ घर निर्माण भइसकेको हो । सिराचोक गाउँपालिकामा भने अहिलेम्म ६१ दशमलव ६८ प्रतिशत घर निर्माण भएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ । “छ हजार ८३३ लाभग्राहीमा परेकोमा चार हजार ६७७ घर निर्माण भइसकेको छ”, उनले भने, “यहाँ प्रवलीकरणमा परेका ९१३ ले पूर्ण लाभग्राहीका लागि गुनासो दर्ता गराएकाले कमी हुन आएको हो ।”

गोरखामा सिरानचोक गाउँपालिकालाई पुनःनिर्माणमा धार्चे गाउँपालिकाले पछ्याइरहेको छ । कूल चार हजार १६९ लाभग्राही रहेको धार्चेमा ६७ प्रतिशतअर्थात् दुई हजार ७९९ ले घर बनाइसकेका छन् । त्यस्तै निजी आवास पुनःनिर्माणमा जिल्लामा आठौँ स्थानमा रहेको शहीद लखन गाउँपालिकामा ६४ दशमलव ८६ प्रतिशत निजी आवास निर्माण सम्पन्न भएको एकाइ प्रमुख आचार्यले जानकारी दिए । शहीद लखन गाउँपालिकामा सात हजार ६५ लाभग्राहीमध्ये चार हजार ५८३ ले घर बनाइसकेका हुन् ।

जिल्लाको विकट उत्तरी क्षेत्रमा पर्ने चुमनुव्री गाउँपालिकाभित्रसमेत ६३ प्रतिशत निजी आवास पुनःनिर्माण भइसकेको छ । सडक सञ्जालको राम्रो पहुँच नपुगेको चुमनुव्री गाउँपालिकामा रहेका दुई हजार २७५ लाभग्राहीमध्ये एक हजार ४४९ ले घर निर्माण गरिसकेका हुन् । गोरखा जिल्लामा रहेका दुई मात्र नगरपालिकामध्ये पालुङटार नगरपालिका पनि पुनःनिर्माणमा सन्तोषजनक प्रगति हासिल गर्न सकेको छैन । अहिलेसम्म पालुङटार नगरपालिकामा  ५५ दशमलव ७२ प्रतिशत मात्र घर निर्माण भएको आचार्यले जानकारी दिए ।

हालसम्म जिल्लाभर पहिलो किस्ताको रकम बुझ्ने लाभग्राहीको सङ्ख्या ६४ हजार ७०३, दोस्रो किस्ता अनुदान रकम बुझ्नेको सङ्ख्या ५७ हजार ९०८ रहेको एकाइले जनाएको छ ।  

सम्बन्धित समाचार

जनता आवास कार्यक्रमअन्तर्गत गोरखामा ४५१ घर निर्माण

गोरखा । जनता आवासकार्यक्रमअन्तर्गत गोरखामा ४५१ विपन्न परिवारका लागि घर निर्माण भएको छ । जिल्लामा आर्थिक वर्ष २०६९/७० देखि शुरु भएको जनता आवास कार्यक्रमअन्तर्गत लोपोन्मुख, अतिविपन्न र पिछडिएका वर्ग तथा

गोरखा दरबार पुनःनिर्माणमा भएको ढिलाइप्रति सभापति देउवाको चिन्ता

गोरखा । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले ऐतिहासिक गोरखा दरबारको पुनःनिर्माणमा ढिलाइ भएकोप्रति चिन्ता व्यक्त गरेका छन् ।  नेपाली काङ्ग्रेस गोरखा नगरसमितिको दोस्रो सम्मेलनमा सहभागी हुन शनिबार साँझ यहाँ आइपुगेका सभापति

विप्लव समुहका गोरखा इञ्चार्जसहित दुई जना पक्राउ

गोरखा । जिल्ला प्रहरी कार्यालय गोरखाले नेत्र विक्रम चन्द ‘विप्लप’ समूहका गोरखा जिल्ला इञ्चार्जसहित दुई जनालाई पक्राउ गरेको छ । पालुङटार नगरपालिका–७ स्थित खोलाघाट क्षेत्रबाट जिल्ला इञ्चार्ज योगेन्द्र कुमाल र जिल्ला

गोरखा दरबारको पुनःनिर्माणमा ढिलाइ नगर्न सभामुखको आग्रह

गोरखा /  सभामुख कृष्णबहादुर महराले गोरखा दरबारको पुनःनिर्माणमा ढिलाइ नगर्न आग्रह गरेका छन्  । भुकम्पपछि गोरखा दरबारकोे पुनःनिर्माणको अवस्था बुझ्न आज विहान त्यहाँ पुग्नुभएका सभामुख महराले पुनःनिर्माणको काम सुस्त भएको भन्दै


z