• २०८१ बैशाख १२ बुधबार

अमेरिकी पूर्वउपराष्ट्रपति विडेनद्वारा राष्ट्रपतिको उम्मेदवारी घोषणा

kharibot

वासिङ्टन । अमेरिकाका पुर्व उपराष्ट्रपति जोए बिडेनले आगामी निर्वाचनमा आफूले राष्ट्रपति पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सन् २०२० मा टक्कर दिनका लागि अहिलेसम्म देखिएकामध्ये डेमोक्र्याटतर्फका उहाँ एक शसक्त नेता मानिएका छन् । 

अत्यन्त अनुभवी र चिरपरिचित तथा लोकप्रिय ७६ बर्षीय नेता विदेन पछिल्ला मत सर्वेक्षणहरुमा समेत अगाडि देखिएका छन् ।

ट्वीटरमार्फत् साढे तीन मिनेटको भिडियो सार्वजनिक गर्दै उनले आधारभूत रुपमा राष्ट्रका लागि आफू फरक उम्मेदवार भएको बताएका छन् ।

“देशको खास महत्व, विश्वमा हाम्रो उपस्थिति, हाम्रो लोकतन्त्र यी र यस्तै विषयहरूले अमेरिकालाई अमेरिका बनाएको छ, यही नै हाम्रो आधार हो,” उनले ट्वीटरमा लेखेका छन् ।

“त्यसैले मैले अमेरिकाको राष्ट्रपतिका लागि उम्मेदवारी घोषणा गरेको हुँ,” उनले थप स्पष्ट पार्दै लेखेका छन् ।

अमेरिकाको राजनीतिमा झण्डै आधा दशक सक्रिय रहेका विडेनले देशको नेतृत्व तहबाट देशको सेवाका लागि अवसर दिन आह्वान गरेका छन् । 
उनले पूर्व राष्ट्रपति बाराक ओवामाको कार्यकालमा आठ बर्षसम्म उपराष्ट्रपति भएर काम गरेका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै