• २०८१ बैशाख ८ शनिबार

धनगढी विमानस्थलमा एक महिना उडान बन्द हुने

kharibot

फाइल तस्बीर

कैलाली । धनगढी विमानस्थलमा झण्डै एक महीनाका लागि उडान बन्द हुने भएको छ ।

विमानस्थलको धावनमार्गको स्तरोन्नति र पार्किङ क्षेत्र विस्तार गरिने भएकाले यही वैशाख २२ गतेदेखि एक महीनासम्मका लागि उडान बन्द हुने विमानस्थलका प्रमुख तेजबहादुर बुढ्थापाले जानकारी दिए ।

उनले उक्त सूचना नेपाल नागरिक उड्डयन प्राधिकरणको प्रधान कार्यालयलाई प्रकाशन गर्न आग्रह गर्ने निर्णय भएको बताएका छन् ।

विमानस्थलको धावनमार्ग र पार्किङ क्षेत्र विस्तारका लागि ठेक्का सम्झौतासमेत भइसकेको बुढ्थापाले उल्लेख गरे ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै