• २०८१ बैशाख ११ मंगलबार

आइपिएल बिचमा छोडेर जादै छन् यी प्रभावशाली खेलाडी 

kharibot

काठमाडौँ । जारी आइपिएलमा खेलिरहेका विदेशी खेलाडीहरुले आइपिएल बिचमा छोडेर जाने भएका छन् । प्रमुख खेलाडीहरुले आइपिएल बिचमा छोड्ने भएपछि खेलको लोकप्रियतामा समेत कमि आउने बताउन थालिएको छ ।

खासगरी मे ३० बाट शुरु हुन थालेको विश्वकप क्रिकेटको तयारीका लागि आइपिएल खेलिरहेका करिब १७ खेलाडी आफ्नो देश फर्किन लागेका हुन् ।

यस रिपोर्टमा कुन टिमबाट खेलिरहेका कुन कुन खेलाडी आइपिएल छोडेर जादै छन् भन्ने बारे जानकारी दिन खोजिएको छ ।

इङल्याण्ड र अष्ट्रेलियाका विश्वकप खेल्ने टिममा परेका सबै खेलाडी स्वदेश फर्किने भएका छन् । त्यस्तै दक्षिण अफ्रिकाका खेलाडीहरु पनि स्वदेश फर्किने बताइएको छ । 

यस्तो मा चेन्नई सुपरकिंग्सबाट खेलिरहेका दक्षिण अफ्रिकाका खेलाडी फाफ डु प्लेसिस र इमरान ताहिर स्वदेश फर्किदै छन् । त्यस्तै दिल्ली क्यापिटल्सबाट खेलिरहेका दक्षिण अफ्रीकाका कागीसो रबाडा पनि स्वदेश फर्किदै छन् ।

त्यस्तै मुम्बई इण्डियन्सबाट खेलिरहेका अस्ट्रेलियाका जेसन बेहरेनडार्फ र दक्षिण अफ्रिकाका क्विटन डी कक स्वदेश फरिकिदै छन् ।

त्यस्तै सनराइजर्स हैदरावादबाट खेलिरहेका अस्ट्रेलियाका डेभिड वार्नर र इङल्याण्डका जोनी बैरस्ट्रव, किंग्स इलेभेन पंजावबाट खेलिरहेका दक्षिण अफ्रीकाका खेलाडी डेभिड मिलर, कोलकोताबाट खेलिरहेका जो डेनली पनि स्वदेश फर्किदै छन् ।

त्यस्तै रोयल च्यालेन्जर्स बैंगलोरबाट खेलिरहेका  दक्षिण अफ्रिकाका डेल स्टेन, इङल्याण्डका मोइन अली तथा अस्ट्रेलियाका मार्कस स्टोइनिस पनि स्वदेश फर्किदै छन् । 

त्यस्तै राजस्थान रोयल्सबाट खेलिरहेका इङल्याण्डका जस बटलर, बेन स्टक जोफ्रा आर्चर तथा अस्ट्रेलियाका स्टिभ स्मिथ पनि स्वदेश फर्किने छन् ।

आइपिएलमा यस सिजनमा ब्याटिंग र बलिङ दुवै क्षेत्रमा विदेशी खेलाडीको दबदबा देखिएको छ । त्यसैले पनि उनीहरुले आइपिएल बिचमा छोडेर गएमा आइपिएलको रौनक कमि हुने देखिन्छ । अहिलेसम्मको खेलमा आइपिएलमा डेभिड वार्नरले ५७४ रन बनाउदै सबैभन्दा धेरै रन बनाएका छन् । त्यस्तै आन्द्रे रसेलले अहिलेसम्म ४२ छक्का प्रहार गरेर धेरै छक्का प्रहार गर्ने खेलाडी बनेका छन् ।

त्यस्तै जोनी बैरस्ट्रवले अहिलेसम्म ११४ रनको पारी खेलेर एक पारीमा धेरै रन बनाउने खेलाडी बनेका छन् । त्यस्तै आन्द्रे रसेलले यस सिजनमा अहिलेसम्म २०९.२७ को स्ट्राइक रेटबाट रन बनाएका भने भने डेभिड वार्नरले सबैभन्दा धेरै ५० चौका प्रहार गरेका छन् ।

त्यस्तै यस सिजनमा अहिलेसम्म कागीसो रबाडाले २३ विकेटलिएका छन् भने वेस्टइन्डिजका जोसेप अल्जारीले एक इनिंगमा १२ रन दिएर ६ विकेट लिदै नयाँ रेकर्ड बनाएका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै