• २०८१ बैशाख ८ शनिबार

यस्तो बन्दै छ कमलपोखरी !

kharibot

काठमाडौं । काठमाडौं महानगरपालिकाले परम्परागत शैलीमा निर्माण गर्ने कमलपोखरीको डिजाइन तयार गरेको छ । २३ रोपनी १४ आनामा रहेको उक्त पोखरी परम्परागत शैलीमा निर्माण गरिने भएको छ ।

महानगरका प्रवक्ता ईश्वरमान डंगोलले पोखरी परम्परागत शैलीमा निर्माण गरिने बताउदै पोखरीको नयाँ ढांचा आकर्षक बनेको बताएका छन् । उनले महानगर अन्तर्गत सहरी योजना आयोगले केहि समय अघि निर्माण सम्पन्न गरेको पोखरीको नयाँ ढाँचा निक्कै आर्कषक रहेको बताए । हामीले सर्वसाधारण मनोभाव बुझेर पोखरीको ढाँचा तयार गरेको उनले बताए ।  

आयोगले तयार पारेको डिजाइन बारेमा मेयर विधा सुन्दर शाक्यले समेत जानकारी लिइसकेका बताइएको छ । 

महानगरका इन्जिनियर प्रेम श्रेष्ठका अनुसार पोखरीको वरिपरि फुटपाथ हाल कायमै रहेको क्षेत्रफलमा रहनेछ । निर्माण क्रममा फुटपाथमा ढुँगा छापिने उनले बताए । ‘उत्तर–पूर्वको कुनामा पुरानो संस्कृति झल्किने खालको ढुंगेधारको साथै पोखरीको बीचमा भागमा गमलाको आकृतिमा पानीको फोहोरा निर्माण गरिनेछ ’, इन्जिनियर श्रेष्ठले भने ।

पानीको फोहोरमा रंगीबिरगी प्रकाश समिश्रण गरिने हुदाँ रातको समयमा पोखरी थप आर्कषक देखिने उनले बताए ।

 

यस्तो हुनेछ पोखरी 

महानगरका अनुसार पोखरीको चारवटा कुनामा पाटी हुनेछन् । प्रत्येक कुनामा एउटा पाटी निर्माण गरिने छ जुन ४४ को हनेछ । चारवटै पाटी पोखरीको पानी भएको भागमा नै निर्माण गरिनेछ । पोखरीको भागमा पाटी निर्माण गरिने हुदाँ पोखरीको सतहदेखि करिब १० देखि १४ फिटमाथि पाटी हुनेछ । मुलद्धार तथा अन्य ढोकाहरु भने यथास्थानमा नै हुने र पोखरीको बीच भागमा भने पानीको फोहोरा राखिने प्रवक्ता डंगोलले बताए ।

हाल पोखरीको पूर्वी भागमा मुलद्धार अर्थात् मुख्य ढोका रहेको छ त्यसलाई सुधार गरिने छ । तीनवटा गजुर सहित मुख्य ढोकाको निर्माण गरिनेछ । केहि सिढी चढेपछि मुल ढोकाबाट पोखरीमा प्रवेश गर्न सकिन्छ । ढोका प्रवेश गर्न साथ ढोका भन्दा केहि परको भागमा एउटा पाटी हुनेछ । 

थ्रीडी डिजाइनको भिडियो :

पोखरीको भागमा निर्माण हुने उक्त पाटी पोखरीको पानीको सतहदेखि करिब १० देखि १५ इन्च माथि हुनेछ भने फुटपाथ भन्दा केहि पर दुरीमा हुनेछ । सर्वसाधारणले पाटीमा बस्दा पोखरी माथि बसेको समेत अनुभव गर्न सक्ने छन् । पोखरीको उक्त पाटीमा शिवलिङ्ग राखिने छ । 

यस्तै मुख्य ढोका र पाटी नपुग्दैको बीच भागको दायाँबायाँ सर्वसाधारण बस्नको लागि सिट हुनेछ । मुख्य ढोकाबाट प्रवेश गरेसँगै दायाँ भागमा हरियो घाँसे मैदान र कुनामा पाँचवटा ढु्ङ्गेधारा हुनेछ । महानगरका अनुसार पोखरीलाई आर्कषक बनाउनको लागि राखिएको उक्त धाराको पानी भने खाना लायक भने हुने छैन । 

पोखरीको मुख्य आर्कषणको रुपमा पोखरीको बीच भागमा कमलको फूल माथि पानीको फोहोरा निर्माण गरिनेछ । जसले गर्दा पोखरी वरपर बस्दा सर्वसवाधारणलाई आनन्द महशुस हुने महानगरको भनाई छ । रातको समयमा भने फोहोरालाई थप आर्कषक बनाउनको लागि पानीको फोहोरासँग रगीबिरगी बत्तीको समिश्रण गरिएको छ ।

यस्तै पोखरीको चारवटा कुनामा चारवटा पाटी राखिने छ । पोखरीभित्र निर्माण गरिने उक्त पाटीहरु पोखरीको सतहदेखि केहि मिटर माथि हुनेछ । पाटीमा जाने बाटोमा अर्धवृत्तकार शैलीको स साना सहायक पोखरी हुनेछ ।  सो पोखरीको बीच भागमा पाटीमा जाने बाटो निर्माण गरिएको छ ।  

यस्तै पोखरीको माथिल्लो भागमा अर्थात् फुटपाथमा ढुङ्गा छापिने छ भने बाँकी रहेको भागमा दुवो सहितको मैदान हुनेछ । फुटपाथ भन्दा मुनि भिरोलको भागमा पनि दुवो राखिने छ भने त्यसभन्दा मुनिको भागमा बस्नका लागि सिढीँ निर्माण गरिनेछ । पोखरी किनाराको चारवटा भागमा बस्नका लागि सिढीँ निर्माण गरिएको छ । फुटपाथबाट सिढीँसम्म जानका लागि खुड्किलो निर्माण गरिनेछ । 

पोखरी निर्माणको क्रममा हरियालीलाई समेत स्थान दिइएको छ । पोखरीको विभिन्न भागमा रुखहरु समेत हुनेछ ।  

यस्तै मुल ढोकाबाट पोखरीको फुटपाथ हुदै पश्चिमी भागसम्म पुग्दा पश्चिमी भागमा अर्को ढोका रहेको छ । ढोका पछि हामी सार्वजनिक शौचालय देख्न सक्छौं । त्यसपछि सेमी कर्मड स्पेश अर्थात् अध्ययन तथा आराम गर्नका लागि  छाहारी सहितको भाग रहेको छ । जसमा मेच टेबुलको समेत रहेको छ । 

छाहारी पछि खेल खेल्न भाग रहेको छ । जसमा टेबुल टेनिस कोर्ट, पिड, चिप्लेटी रहेका छन् । त्यसपछि अर्थात् पश्चिमी दक्षिण भागमा अर्को ढोका रहेको छ । जसबाट आवतजावत गर्न सकिनेछ ।

लगानी र हालको अवस्था 

साढे सात करोड खर्चेर महानगरले कमल पोखरीको निर्माण गर्न लागेको हो । डिजाइन आफै गरेको महानगरले निर्माणको जिम्मा भने निजी क्षेत्रलाई दिने भएको छ । निर्माणको लागि महानगरले बोलपत्र आह्वान समेत गरिसकेको छ । निर्माणको जिम्मा पाएको कम्पनीले महानगरबाट कार्यदेश पाएको मितिले एकवर्ष भित्रमा निर्माण सक्नुपर्ने व्यवस्था महानगरले गरेको छ ।

यद्पि गत मंसिरमा मेयर शाक्यले छठअघिसम्म पोखरीको निर्माण सम्पन्न गर्ने भनिए पनि हाल सम्म बोलपत्र आह्वान मात्र भएको छ । त्यसैले गर्दा मेयर शाक्यको उक्त घोषणा फेल खाएको देखिन्छ ।

थ्रीडी डिजाइनका तस्बीरहरु : काठमाडौँ महानगर 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै