• २०८१ बैशाख ७ शुक्रबार

खड्कालाई पुनर्बहाली गर्ने सर्वोच्चको आदेशको डा. केसीद्वारा विरोध

kharibot

काठमाडौँ । स्वास्थ्य शिक्षा सुधारको माग राखेर अनसनरत डा. गोबिन्द केसीले सर्वोच्च अदालतले नेपाल आयल निगमका कार्यकारी निर्देशकलाई पुनर्बहाली गर्ने आदेशको विरोध गरेका छन् ।

आज एक विज्ञप्ति जारी गर्दै सरकारले आफ्ना मागहरुको सुनुवाई गर्नुको सट्टा झन् भ्रष्ट्राचारलाई संस्थागत गर्नेकाममा लागेको भन्दै डा. केसीले आफ्ना माग परिमार्जन गरेका छन् । डा. केसीले अब आफ्नो आन्दोलन न्यायलयलाई जवाफदेही बनाउने तर्फ पनि केन्द्रित हुने उल्लेख गरेका छन् । 

उनले आफ्ना मागमा शिक्षा मन्त्रीले सिटीईभिटी मार्फत दर्जनौ कलेजहरुलाई सम्बन्धन दिइरहेको भन्दै त्यसको विर्धो गर्दै सो सम्बन्धन फिर्ता लिन माग गरेका छन् । त्यस्तै डा. केसीले बर्खास्त गरिएका आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्कालाई पदच्युत गरेर कारवाही गर्न माग गरेका छन् ।

डा. केसीले न्यायालयको गरिमा जोगाउन र त्यसलाई भ्रष्ट्रहरुको अखडा बन्नबाट रोक्न आफुले जस्तो सुकै कदम चाल्न तयार रहेको उल्लेख गरेका छन् ।
 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै