• २०८१ बैशाख ७ शुक्रबार

मनमोहनले नेपालमा विकासको नयाँ मोडल सुरु गर्नुभयो : प्रधानमन्त्री ओली 

kharibot

तस्बीर : रासस

ललितपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले मनमोहन अधिकारीले नेपालमा विकासको नयाँ मोडल सुरु गरेको बताएका छन् । 

पूर्वा प्रधानमन्त्री एवं तत्कालिन नेकपा(एमाले)का अध्यक्ष मनमोहन अधिकारीको २० औं स्मृति दिवसका अवरमा आज सानेपामा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् । 

मनमोहनले सुरु गरेको आफ्नो गाउँ आँफैं बनाउँ कार्यक्रम नेपालका लागि नौलो विकासको मोडल भएको प्रधानमन्त्री ओलीको भनाइ छ । “मनमोहन अधिकारीले विकासको नयाँ मोडेल,सामाजिक सुरक्षा,अन्तर्राष्ट्रिय सम्बन्ध,कानुनी राज सुरु गर्नुभयो ” प्रधानमन्त्री ओलीले भने “वहाँले थालेका अधुरा कामहरु वर्तमान सरकारले पुरा गर्छ ।”

प्रधानमन्त्री ओलीले मनमोहनका पालामा द्वन्द्व र राजतन्त्र फर्काउने  दुईखाले चलखेल सुरु भएको बताए । “वहाँले ति समस्यालाई सजिलै समाधान गर्नुहुन्थ्यो तर वहाँसँग समय रहेन” प्रधानमन्त्री ओलीले भने, “वहाँको उतराधिकारीको रुपमा हामीले १२ बुंदे सम्झौत मार्फत द्वन्द्वको समाधान गर्यौं र राजतन्त्र सदाका लागि विदा गर्यौं ।”

प्रधानमन्त्री ओलीले मनमोहनले विकास र समृद्धिका लागि त्यती बेलै धेरै काम गर्न खोजेको बताए । “वहाँले सुरु गरेको विकास र समृद्धिका योजना हामी पुरा गर्छौं ” प्रधानमन्त्री ओलीले भने ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै