• २०८१ बैशाख ११ मंगलबार

वंशजका आधारमा नागरिकता दिने गृहको निर्णयमा सर्वोच्चको रोक 

kharibot

काठमााडौं  । सर्वोच्च अदालतले वंशजका आधारमा नागरिकता दिने गृह मन्त्रालयको निर्णय तत्कालका लागि रोकेको छ ।

वरिष्ठ अधिवक्ता बोर्डबहादुर कार्कीले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले शुक्रबार नागरिकता दिने कार्यलाई तत्कालका लागि रोकेको हो । 

अदालतले २०५३ र २०५८ मा अवैध रुपमा नागरिकता वितरण गरिएका नागरिकका सन्तानलाई नागरिकता दिने बाटो खोलेको भन्दै कार्कीले दायर गरेको रिटमाथि शुक्रबार सुनुवाइ भएको हो ।

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणा र न्यायाधीश पुरुषेत्तम भण्डारीको संयुक्त इजलासले शुक्रबार विवादको अन्तिम टुंगो नलागेसम्मका लागि नागरिकता वितरण कार्य तत्काललाई रोक्न आदेश दिएको छ । 

यो अन्तरिम आदेशले गृहमन्त्रालयको परिपत्र अनुरुप नागरिकता वितरण भइरहेको कार्यलाई रोकेको हो । गृह मन्त्रालयले मन्त्रिस्तरीय निर्णय गर्दै चैत १९ गते वंशजका आधारमा नागरिकता दिनू भन्दै सबै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेको थियो। 

अघिल्लो सातामात्र हरिकृष्ण कार्की र बमकुमार श्रेष्ठको संयुक्त इजलासले गृहको परिपत्रलाई सदर गर्ने निर्णय गरेपछि मधेसमा धमाधम नागरिकता वितरण भइरहेको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै