• २०८१ बैशाख १३ बिहीबार

चालु आर्थिक वर्षको वृद्धिदर ६.८१ प्रतिशत 

kharibot

काठमाडौं । केन्द्रीय तथ्यांक विभागले चालु आर्थिक वर्षमा मुलुकको अर्थतन्त्र ६.८१ प्रतिशतले विस्तार भएको जानकारी दिएको छ ।

विभागले शुक्रबार चालु आर्थिक वर्षको वृद्धिदर सार्वजनिक गर्दै सो जानकारी दिएको हो । 

विभागका अनुसार कुल गार्हस्थ उत्पादन (जीडीपी) मा सेवा क्षेत्र ( थोक तथा खुद्रा व्यापार, होटल, यातयात, संचार, रियल स्टेट, शिक्षा, स्वास्थ्य तथा निजि सेवा) को योगदान ५७.८१ प्रतिशत रहेको छ भने कृषि क्षेत्रको योगदान २६.९८ प्रतिशत रहेको छ ।

त्यस्तै कुल गार्हस्थ उत्पादनको २६.२४ प्रतिशत रेमिट्यान्सको योगदान रहेको विभागले जानकारी दिएको छ । 

विभागले चालू आर्थिक वर्षमा प्रति व्यक्ति आय भने १०३४ अमेरिकी डलर हुने अनुमान गरेको छ । गतवर्ष प्रतिव्यक्ति आय १००४ अमेरिकी डलर थियो ।

विभागले गत आर्थिक वर्षमा ६.३ प्रतिशत र त्यसअघिको आर्थिक वर्षमा ७.७४ प्रतिशतको आर्थिक वृद्धि गरेको थियो। अर्थतन्त्रको आकार ३४ खर्ब ६४ अर्ब रुपैयाँ पुगेको विभागले जनाएको छ । 

चालु आर्थिक वर्षमा सरकारले ८ प्रतिशतको आर्थिक वृद्धिदर लक्ष्य निर्धारण गरेको थियो । पुँजीगत खर्च बढाउन नसक्दा र आयात मुखी अर्थतन्त्र भएकाले सरकारको लक्ष्य अनुसार आर्थिक वृद्धि हासिल गर्न नसकिएको देखिएको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै