• २०८१ बैशाख १२ बुधबार

‘स्वदेशी सेनेटरी प्याड र वेवी डायपर उद्योगहरु बन्द हुने अवस्थामा’

kharibot

काठमाडौं । सरकारले सेनेटरी प्याड र बेबी डायपर जस्ता अति आवश्यक वस्तुको उत्पादन गर्ने उधोगहरुलाई राहत नदिदां उधोग सञ्चालकहरु समस्यामा परेका छन् ।

नेपाली बजारमा अत्याधिक माग रहेका सेनेटरी प्याड र बेबी डायपर जस्ता अति आवश्यक वस्तुको तयारी र कच्चा पर्दाथको भन्सार शुल्क उच्च हुदाँ उधोगीहरु समस्यामा परेका हुन् ।

सेनेटरी प्याड र बेबी डायपरको तयारी वस्तुको भन्सार रकच्चा पदार्थको भन्सार उच्च रहदाँ भोलिका दिनमा उधोगहरु नै बन्द गर्नुपर्ने अवस्था आउन सक्ने जस्मीन हाइजीन प्रोडक्टसका प्रवन्ध निर्देशक पुनित शारदाले बताए । हाल सेनेटरी प्याड र बेबी डायपरको तयारी वस्तुको भन्सार महसुल १५ प्रतिशत र कच्चा पदार्थको भंसार मूल्य १५–३५ प्रतिशत रहेको छ ।

नयाँ बजेटमा यस क्षेत्रमा लागेका उधोगीहरुको गुनासो सुनि त्यसको समाधानका लागि सरकार लाग्नको लागि उधोगीहरुले पहल समेत गरेका छन् ।

शारदाका अनुसार समस्या समाधानका लागि अर्थ मन्त्रालय, उधोग तथा आपूर्ति मन्त्रालय लगायतका सरोकारवाला निकायहरुले सकारात्मक प्रतिक्रया दिएको बताए ।

सेनेटरी प्याड र बेबी डायपरको तयारी वस्तु र कच्चा पदार्थको उच्च भन्सार दर हुदाँ नेपाली उधोगहरुले भारत लगायत विभिन्न मुलुकबाट आयत गरिने सेनेटरी प्याड र बेबी डायपरसँग नेपाली उद्योगहरु प्रतिस्पर्धा गर्ने सक्ने स्थितिमा नभएको निर्देशक शारदाले बताए ।

‘हामीलाई भन्सारमा छुट नहुदाँ विदेशी अर्थात् आयतीत सामान सस्तो पर्ने हुदाँ हामीले उत्पादन गरेको वस्तुले बजार पाउन गाह्रो हुनेछ,’ उनले भने ।

नेपालमा हाल बजारको माग सेनेटरी प्याडमा करिव १६ करोड थान छ भने वेवी डायपरको माग १३ करोड थान रहेको छ । नेपालमा स्वदेशी उद्योगहरुको क्षमता सेनेटरी प्याडमा ४१ करोड थान छ भने वेवी डायपरमा २५ करोड थान रहेको छ । निर्देशक शारदाका अनुसार नेपाली बजारमा माग अनुसारको प्याड र डायपर उत्पादन हुन नसक्नुमा भने सरकारले उधोगहरुलाई सहुलियत नदिनु रहेको बताए । ‘नेपाली उत्पादनले नेपालको बजार ओगटन सक्छ त्यसको लागि प्याड र डायपरमा सरकारले सहुलियत दिनुपर्यो,’ उनले भने ।

उनले उधोगलाई सहुलियत दिने कुरा आफनो उधोगका लागि मात्र नभएर ती वस्तु उत्पादन गर्ने सम्पूर्ण उधोगको चाहना भएको बताए ।

उधोगीहरुका अनुसार सरकारी बेवास्ता कै कारण नेपाली बजारको मागको ९० प्रतिशत आपूर्ति आयातित तयारी सेनेटरी प्याड तथा वेवी डायपरबाट भइरहेको छ । १० प्रतिशत बजार हिस्सा ओगटेको नेपाली उद्योगले केवल आÏनो १० प्रतिशत उत्पादन क्षमता प्रयोग गर्न सकेका छन् ।

हाल विरगञ्ज र काठमाडौँस्थित प्याड र डाइपर उत्पादन गर्ने उद्योगहरु बन्द भइसकेको अवस्था र विराटनगर र बुटवल स्थित उद्योगहरु पनि आंशीक रुपमा मात्र सञ्चालनमा रहेको अवस्था छ । यस्तै परिस्थिति कायम रहने हो भने यी उद्योगहरु पनि बन्द हुन बेर नलाग्ने उधोगीहरुको भनाई छ ।

भारतीय च्यानलद्घारा नेपालमा देखाइने विज्ञापनहरुले थप मारमा परेको कुरा यी उधोगीहरुलाई “घाउमा नुन छरे” जस्तो अनुभुती गराएको छ ।

आयात प्रतिस्थापन गर्नलाई स्वदेशी उद्योग र उत्पादनलाई संरक्षण दिई महिला स्वास्थ तथा सशक्तिकरणलाई टेवा पुर्याउन सरकारले आगामी बजेटमा महसुल सम्बन्धि आवश्यक परिवर्तन गर्नु पर्ने उनीहरुको माग छ । आगामी बजेटमा महसुल सम्बन्धि आवश्यक परिवर्तन नभए व्यापार घाटा कहिल्यै नघट्ने र अरबौँ लगानी डुब्ने उधोगीहरुको भनाई छ ।

उधोगीहरुले सेनेटरी प्याड सुपथ मूल्य र सर्वसुलभका साथ उपलब्ध गराउन मुलुकमा नै ठूलो लगानी लगाएर अत्याधुनिक मेशीन जडान गरि विश्वस्तरिय गुणस्तरको उत्पादन गर्न सक्ने पाँचवटा उद्योगहरु स्थापना तथा सञ्चालन गर्दै आएका छन् ।

जसमा (जस्मिन हाइजिन प्रोडक्ट्स, विराटनगर), (ए.जी. हेल्थ केयर, बुटवल), (इन्टरनेशनल हाइजिन प्रोडक्ट्स, विरगंज), (म्याग्ना म्याक्स प्रा. लि., काठमाडौँ), (हेल्थ एण्ड हाइजिन प्रोडक्ट्स, विराटनगर) रहेका छन् ।

साथै यी मध्ये विराटनगर स्थित जस्मिन हाइजिन प्रोडक्ट्स र बुटवल स्थित एजी हेल्थ प्रालिले शिशुहरुको लागी दैनिक उपयोग हुने बेबी डायपरहरु पनि उत्पादन गर्दै आएका छन् ।

विगत लामो समयदेखि महिला स्वास्थ्य तथा सशक्तिकरणमा ठूलो भूमिका रही आएको सेनेटरी प्याड महिलाका लागि अति आवश्यक भएको कुरा जनमानसमा सर्वविदितै छ । सो कुरा मनन गरेर नेपाल सरकारले दूई वर्ष अघि नै सेनेटरी प्याडलाई अत्यावश्यक सूचीमा सुचीकृत समेत गरिसकेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै