लेखापरीक्षकले दोहोरो सुविधा लिएको बारे त्रिविसँग थप सूचना माग

खरीबोट
ad

काठमाडौँ । त्रिवि रजिष्टारको कार्यालयसँग त्यस विश्वविद्यालयअन्तर्गतका ६० आंगिक क्याम्पसमा आन्तरिक लेखापरीक्षक गर्दा केन्द्रबाट खटिने टोलीले दोहोरो सुविधा लिएको पाइएपछि त्यसबारे थप सूचना माग गरिएको छ । 

अभिव्यक्ति स्वतन्त्रता तथा सूचनाको हकमा लामो समयदेखि क्रियाशील संस्था फ्रिडम फोरमको अगुवाइमा तारानाथ दाहालको टोलीले सूचनाको हकको प्रयोग गरी माग गरेको सूचनामा त्रिविबाट काज लिएर गएका लेखापरीक्षकले क्याम्पसको आन्तरिक लेखापरीक्षण गर्ने क्रममा उक्त क्याम्पसलाई पनि आर्थिक भार पारेको सूचना प्राप्त गरेपछि त्यससम्बन्धी थप सूचना माग गरिएको हो । 

सूचना मागमा टोलीले आंगिक क्याम्पसमा आर्थिक वर्ष २०७१÷०७२ र ०७२÷०७३ को आन्तरिक लेखापरीक्षणका क्रममा भएको खर्चको विवरण माग गरेको छ । 

सूचनामा त्रिवि केन्द्रीय कार्यालय कीर्तिपुर काठमाडौँमा आंगिक क्याम्पसको आन्तरिक लेखा परीक्षण गर्न त्यस कार्यालयबाट क कस्को नेतृत्वमा कतिवटा टोली खटिएका थिए र उक्त टोलीका लागि सो कार्य सम्पादन गरेबापत के के शीर्षकमा कति कति खर्च भएको छ भन्ने विवरण माग गरिएको छ । 

त्यसैगरी त्यस विश्वविद्यालयअन्तर्गतका ६० वटा आंगिक क्याम्पसको सूचना अधिकारीको नाम, सम्पर्क नम्बर र पद तथा आन्तरिक लेखा परीक्षण गर्न खटिएको टोलीले लिएको दोहोरो सुविधाका विषयमा कस्तो प्रकारको कारबाही हुने व्यवस्था छ सोबारे जानकारी माग गरिएको छ । 

केही समयअघि सूचना दिन गएका उक्त टोलीले नै त्रिभुवन विश्वविद्यालयअन्तर्गतका ६० आंगिक क्याम्पसमा केन्द्रबाट खटिएका आन्तरिक लेखापरीक्षकको टोलीले अनियमितता गरेको भेटिएपछि उक्त सूचना माग गरिएको बताउनुभएको छ । सूचना मागको बोधार्थकपी राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्तलाई समेत दिइएको छ । 

सम्बन्धित समाचार

त्रिविका केन्द्रीय विभाग स्वायत्त बनाउन सुझाव

काठमाडौँ । उच्चशिक्षा सुधार परियोजना कार्यान्वयन परिषद्ले त्रिभुवन विश्वविद्यालयका केन्द्रीय विभागहरुलाई स्वायत्त बनाउन सुझाव दिएको छ । त्रिवि स्वायत्ततासम्बन्धी नियम, २०६२ (संशोधन)लाई संशोधन गर्न गठित संशोधन प्रस्ताव मस्यौदा समितिले त्रिविका उपकुलपति

छ वर्षपछि त्रिवि रामपुर क्याम्पसको पढाई शुरु

चितवन  । त्रिभुवन विश्वविद्यालयले छ वर्षपछि रामपुर क्याम्पसमा पुनः पढाई शुरु गरेको छ ।  पश्चिम चितवनको रामपुरमा रहेको जग्गा र संरचना कृषि तथा वन विज्ञान विश्वविद्यालय (एएफयु) लाई दिने निर्णय सरकारले गरेसंँगै

 त्रिभुवन विश्वविद्यालयको स्थगित सिनेट बैठक साउन ५ मा

काठमाडौँ / त्रिभुवन विश्वविद्यालयको स्थगित सिनेट बैठक आउँदो साउन ५ गते बस्ने भएको छ ।  गत वैशाख २३ गते तोकिएको सिनेटको कार्यसूचीमा चित्त नबुझेपछि प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीको निर्देशनमा

त्रिवि भुगोल संकायमा ३२ बर्ष अध्यापन गराएका प्रा.डा.खनालको बिदाई

काठमाडौँ । त्रिभुवन विश्वविध्यालय भुगोल संकायले आइतबार बिदाई कार्यक्रम सम्पन्न भएको छ । एक विशेष कार्यक्रम गर्दै भुगोल विद्यार्थी समाजले बिगत ३२ बर्ष देखि विश्वविद्धालयमा अध्यापन गराउँदै आएका भुगोल विभागका विभागीय