रंगशाला निर्माणका लागि धुर्मुस सुन्तली साँझ दुबईबाट २२ लाख संकलन

खरीबोट

काठमाडौँ । धुर्मुस सुन्तली फाउण्डेशनले जनस्तरबाट निर्माण गर्न लागेको ‘गौतम बुद्ध अन्तर्रा्ष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माणका लागि दुबईबाट २० सहयोग संकलन भएको छ ।

गत २६ अप्रिलमा दुबईमा आयोजित ‘धुर्मुस सुन्तली साँझ २०७६’ बाट उक्त रकम संकलन भएको हो ।

चितवन समाज दुबईको संयोजन तथा बिभिन्न संघसंस्थाहरुको आयोजनामा सम्पन्न भएको धुर्मुस सुन्तली साँझ कार्यक्रमबाट २० लाख र आबुधावीमा रहेका गायक प्रकाश पौडेलले राखेको भेटघाट डिनर कार्यक्रमबाट २ लाख सहयोग संकलन भएको छ ।

धुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेलले दुबईबाट राम्रो सहयोग संकलन भएको जानकारी दिएका छन् । ‘कार्यक्रमबाट २० लाख र गायक  प्रकाश पौडेल दाईले राख्नु भएको छोटो भेटघाट कार्यक्रममा २ लाख गरी रंगशाला निर्माणका लागि कुल २२ लाख रुपैँया सहयोग प्राप्त भएकोमा निकै हर्षित छौं’ धुर्मुसले भने ।

कार्यक्रममा धुर्मुस सुन्तलीले हाँस्यप्रस्तुती दिएका थिए भने चर्चित गायिका मेलिना राई, गायक पुष्पन प्रधान लगायतका कलाकारहरुले समेत प्रस्तुती दिएका थिए । कार्यक्रम सकेर धुर्मुस सुन्तली आइतबारनै स्वदेश फर्किएका छन् । 
 

सम्बन्धित समाचार

निर्माणाधीन रंगशालाको बार भत्काउने कार्यकर्तालाई नेकपाको कारवाही 

चितवन । भरतपुर १५ रामपुरमा निर्माणाधीन अन्तर्राष्ट्रिय गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको बारमा डोजर लगाउने आफ्ना कार्यकर्तालाई नेपाल कम्युनिस्ट पार्टीले कारबाही गरेको छ । नेकपाका चितवन अध्यक्ष यमबहादुर परियारले विज्ञप्ति प्रकाशित

रंगशाला निर्माणकार्य स्थगित, बार भत्काउने १६ जना पक्राउ 

चितवन । चितवनमा धुर्मुस-सुन्तली फाउन्डेसनद्धारा निमार्णधिन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको कार्य केहि समयको लागि स्थगित भएको छ । बुधबार पश्चिमतर्फको तारबार अराजकीय तरिकाबाट स्थानिय समूहले डोजर लगाएर भत्काइदिएपछि केहि समयको

रंगशाला निर्माणका लागि धुर्मुस सुन्तली साँझ दुबईबाट २२ लाख संकलन

काठमाडौँ । धुर्मुस सुन्तली फाउण्डेशनले जनस्तरबाट निर्माण गर्न लागेको ‘गौतम बुद्ध अन्तर्रा्ष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माणका लागि दुबईबाट २० सहयोग संकलन भएको छ । गत २६ अप्रिलमा दुबईमा आयोजित ‘धुर्मुस सुन्तली साँझ

क्रिकेट स्टेडियमका लागि आर्थिक सङ्कलन गर्न धुर्मुस सुन्तली मलेसियामा

काठमाडौँ । गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको घोषणा गरेको धर्मुस सुन्तली फाउण्डेशनले आर्थिक सङ्कलन अभियानलाई तीव्र बनाएको छ । चितवनमा गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला बनाउने घोषणा गरेका अभियान्ता सीताराम कट्टेल


z