• २०८१ बैशाख १३ बिहीबार

नि:शुल्क शिक्षाको माग गर्दै सर्वोच्चमा रिट

kharibot

काठमाडौँ । संविधानअनुसार नि:शुल्क शिक्षाको माग गर्दै सर्वोच्च अदालतमा रिट परेको छ ।

नि:शुल्क शिक्षाको माग गर्दै नेपाल विद्यार्थी संघका पूर्वमहामन्त्री कुन्दनराज काफ्लेले सोमबार उनले सर्वोच्चमा रिट दायर गरेका हुन् ।

काफ्लेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, संघीय संसद सचिवालय, कानुन तथा संसदीय दलको कार्यालय, काठमाडौं महानगरपालिका सहित विभिन्न ७ वटा सरकारी कार्यालयलाई विपक्षी बनाएर रिट दायर गरेका छन् ।

संविधानमा प्रत्येक नागरिकलाई आधारभुत तहसम्मको शिक्षा अनिवार्य र नि:शुल्क हुने उल्लेख भए पनि सरकारी तथा निजी विद्यालयले मनपरी शुल्क असुल गरेको रिटमा उल्लेख छ।

शिक्षामा व्यापारीकरण भएकोले आमसर्वसाधारण जनता पढ्नबाट बञ्चित हुन सक्ने भएकोले अदालतबाट न्यायिक व्याख्या हुनुपर्ने भन्दै रिट दायर गरिएको हो ।

रिटको पेशी यहि बैशाख २० गतेलाई तोकिएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै