• २०८१ बैशाख १३ बिहीबार

हाम्रो संसद नुन नपुगेको तरकारी जस्तो नहोस् – डा. बाबुराम भट्टराई  

kharibot

काठमाडौँ । संघीय संसदको बजेट अधिवेशन आज देखि शुरु भएको छ । 

संसद बैठकलाई सम्बोधन गर्दै डा. बाबुराम भट्टराईले लोकतन्त्रको निरन्तर लोकतान्त्रिकरण बिना लोकतन्त्र पुरा भयो अब यसलाई विकास गर्न आवश्यक छैन भनियो भने त्यो ठुलो भ्रम हुने बताए ।

सत्ता पक्ष र प्रतिपक्षबीच निरन्तर बहस हुनुपर्ने भन्दै डा. भट्टराईले संघर्ष सकियो भन्नु त्यो इतिहासको नियम विपरित हुने बताए । सत्ता पक्षले एकताको कुरा गर्नु र प्रतिपक्ष विरोध गर्नु नै लोकतन्त्रको उच्च   
उनले भने, 'हाम्रो संसद मणि हराएको नाग जस्तो, कस्तुरी हराएको मृग जस्तो, नुन नपुगेको तरकारी जस्तो अनुभूति हुन्छ ।'

उनले हामि आफै यसको महत्व बारे त्यति अभ्यस्त नभए जस्तो, यसका बहस र छलफलमा जीवन्त ढंगले सहभागी नभएको देखिएको भन्दै विश्वमा भैरहेका बहस बारे अछुतो रहन नसक्ने बताए ।

विश्वमा वैचारिकमा राज्य पुँजीवाद र अर्को बजार पुंजीवाद दुवै संकटमा परेको भन्दै डा. भट्टराईले नयाँ पुँजीवाद उत्तर पोस्ट क्यापिटलिष्ट रिस्ट्रक्चरको खोजि भैरहेको बताए ।

डा. भट्टराईले संरचनात्मक समस्यालाई सोहि ढंगले समाधान गर्नुपर्नेमा जोड दिए । उनले संसदलाई जीवन्त बहसको थलो बनाउन आग्रह गरे ।

अहिले सबैको आकांक्षा समृद्धि रहेको भन्दै डा.भट्टराईले गत तीन बर्षमा ६ प्रतिशतको आर्थिक वृद्धिदर सकरात्मक भएको बताए ।

तर उनले वृद्धिदरलाई उत्पादनले योगदान नगरेकोले त्यो चिन्ताजनक भएको बताए । अहिले उद्योगको योगदान घटेको र संरचनागत समस्याको समाधान नभएकोले यसलाई समाधान गरेर अगाडी बढ्नु पर्नेमा जोड दिए ।

डा. भट्टराईले पुनर्निर्माण सन्तोषजनक नभएको, तराईमा आएको हावाहुरीको अझै सम्बोधन नभएको भन्दै अझै पनि केन्द्रिकृत सोच रहेकोले विकासमा अवरोध पुगेको बताए ।

उनले शिक्षा क्षेत्रमा आमुल परिवर्तनको खाका आउन नसकेको भन्दै आमुल परिवर्तनको खाका नआए देशले समृद्धि हासिल गर्न नसकिने समेत स्पष्ट पारे ।

डा. भट्टराईले खुलामञ्चमा सटर बनाएर भाडामा दिनेलाई डोजर लगाएर भत्काउदैमा उम्किन नपाउने भन्दै दोषीलाई कारवाही गर्नुपर्ने बताए ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् भवन नयाँबानेश्वरमा सोमबार अपराह्न ४ बजेका लागि दुवै सदनको अधिवेशन आह्वान गरेकी हुन् ।

नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम यही वैशाख १६ गते अपराह्न ४ बजे अन्तरराष्ट्रिय सम्मलेन केन्द्र नयाँ बानेश्वरमा दुवै सङ्घीय सदनको अधिवेशन राष्ट्रपतिद्वारा आह्वान गरिएको हो । यसअघि गत चैत १० गते हिउँदे अधिवेशन सम्पन्न भएको थियो ।
    
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै