• २०८१ बैशाख ५ बुधबार

'आईफोन-एक्स'सँग प्रतिस्पर्धा गर्ने 'फुल टचस्क्रिन' स्मार्टफोन ल्याउँदै ब्ल्याकबेरी !

kharibot

ब्ल्याकबेरीले ल्याउन लागेको भनिएको स्मार्टफोन । तस्बिर : @evleaks/Twitter)/मिरर युके

लण्डन । कुनै बेला स्मार्टफोन बनाउने कम्पनीका रुपमा बजारमा ब्ल्याकबेरीको प्रभुत्व थियो तर सामसुंग र एप्पलले बजार पिटेपछि उक्त ब्राण्ड निकै पछाडि परेको छ ।

भर्खरैमात्र कम्पनीले एण्ड्रोइड अपरेटिंग सिष्टमतिर जाने संकेत गरेको छ । ब्ल्याकबेरीले विगतको प्रभुत्व फर्काउन अहिले एउटा नयाँ चिनियाँ कम्पनीलाई साझेदार बनाउने तयारीमा अघि बढेको छ ।

ब्ल्याकबेरीको पुरानो फोन

इन्टरनेटमा लिक भएको एउटा तस्बिरले उक्त कुरालाई बल दिएको छ । लिक भएको तस्बिर ब्ल्याकबेरीको नयाँ स्मार्टफोन भएको बुझिएको छ । जुन फोन पूर्णतया टचस्क्रिन (स्पर्शी)वाला रहनेछ भने यसले कम्पनीको प्रसिद्ध क्वेर्टी किबोर्डलाई विस्थापन गर्ने देखिएको छ । यसबाहेक उक्त फोन वाटरप्रुफ (पानीको असररहित) हुनेछ भने एउटा होम बटन, एउटा ३.५ एमएमको हेडफोन ज्याकयुक्त हुनेछ ।

अर्को रोचक कुरा के रहनेछ भने ब्ल्याकबेरीको नयाँ स्मार्टफोनमा २६ घण्टासम्म टिक्नसक्ने ब्याट्री र प्रभावशाली सेक्युरिटी सफ्टवेयरयुक्त हुने हल्ला गरिएको छ । यद्यपि यसको मूल्य भने तोकिएको छैन । फोन सकेसम्म चाँडै आउने बताइएको छ । 

  • एजेन्सीबाट

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै