• २०८१ बैशाख ४ मंगलबार

साफ यु–१८ फुटबल च्याम्पियनसिप नेपालमा आयोजना हुने

kharibot

काठमाडौँ । दक्षिण एशियाली फुटबल महासङ्घ (साफ) यु–१८ फुटबल च्याम्पियनसिप नेपालमा आयोजना हुने भएको छ । आज यहाँ बसेको दक्षिण एशियाली फुटबल महासङ्घको साधारणसभाले साफ यु–१८ पुरुष फुटबल च्याम्पियनसिप नेपाललाई आयोजना गर्न दिने निर्णय गरेको अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ ।

प्रतियोगिता सन् २०१९ को सेप्टेम्बर २० देखि २९ सम्म काठमाडौँमा हुनेछ । बैठकले यस वर्षका लागि उमेर समूहका तीन प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको छ । पुरुषको साफ यु–१५ च्याम्पियनसिप अगष्ट २२ देखि ३१ सम्म भारतमा आयोजना गर्ने र महिलाको साफ यु–१५ च्याम्पियनसिप आयोजनाको जिम्मेवारी भुटान वा बङ्गलादेश मध्ये एक देशलाई दिने निर्णय भएको छ ।

महिला प्रतियोगिता अक्टोबर ९ देखि १८ सम्म सञ्चालन गरिने कार्यतालिकामा समावेश छ । नयाँ नेतृत्वको चयनसँगै साफको पहिलो साधारणसभाको बैठक काठमाडौँमा बसेको हो ।

यसअघि साधारणसभा श्रीलङ्काको कोलम्बोमा बस्ने तय भएको थियो । तर कोलम्बो स्लामिक स्टेटको आक्रमणमा परेपछि बैठक काठमाडौँमा सारिएको हो । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै