• २०८१ बैशाख ७ शुक्रबार

नेविसंघको अगुवाइमा ११ विद्यार्थी संगठनको सरकारविरुद्ध प्रदर्शन 

kharibot

काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ) को अगुवाइमा ११ विद्यार्थी संगठनले आज राजधानीमा प्रदर्शन गरेका छन् ।

माइतीघर मण्डलाबाट शुरु भएको प्रर्दशन बानेश्‍वरसम्‍म पुगेर कोणसभामा परिणत भएको थियो ।

प्रदर्शनमा चर्को नाराबाजी गर्दै विद्यार्थी संगठनहरुले प्रधानमन्त्री ओली नेतृत्वको सरकारविरुद्ध प्रर्दशनमा उत्रन वाध्य भएको धारणा राखेका छन ।

संगठनले वर्तमान सरकारले भ्रष्टाचारलाई बढवा दिएको तथा महँगी नियन्त्रणमा चासो नदेखाएको भन्दै सरकारको चर्को आलोचना गरेका छन ।

सार्वजनिक जग्गासमेत सत्तारुढ दलको नेताको नाममा हडप्ने काम गरिएको,विद्यालयदेखि विश्वविद्यालय तहसम्‍म शुल्कवृद्धि गरिएको तथा मुलुकमा बढ्दो भ्रष्टाचार, हत्या, हिंसालगायतका घटना नियन्त्रण गर्नमा सरकारको ध्यान नगएको उनीहरूको आरोप रहेको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै