• २०८१ बैशाख ८ शनिबार

पोम्पेओले मूर्ख तथा खतरा योजना बनाएको उत्तर कोरियाको आरोप 

kharibot

सिओल । अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले उत्तर कोरियाविरूद्ध ‘मूर्ख तथा खतरा योजनाहरू’ बनाएको भन्दै यसबाट नसोचिएको परिणाम आउनसक्ने वासिङटनलाई प्योङयाङले चेतावनी दिएको छ ।

अमेरिकाले उत्तर कोरियाविरूद्धको आर्थिक नाकाबन्दीबारे उसको अडानलाई नबदल्ने हो भने यसबाट आउने परिणाम कल्पना विपरित हुनसक्छ ।

उत्तर कोरियाली नेता किम जोङ अन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच आणविक निशस्त्रीकरणका लागि भियतनामको राजधानी हनोईमा गत फेब्रुअरीमा भएको दोस्रो शिखर सम्मेलनमा कुनै सम्झौता हुन नसकेपछि प्योङयाङ र वासिङटनबीचको सम्बन्धमा सुधार आउनसक्ने गरी गत बर्षदेखि पलाएको आशामा समस्या देखिँदै आएको छ । 

मङ्गलबारसँगै यो महिनामा अमेरिकी उच्च कूटनीतिक अधिकारीमाथि प्योङयाङले लगाइएको यो दोस्रो आलोचना हो ।

विश्व समुदायबाट भिन्न रहँदै आएको उत्तर कोरियाले पोम्पेओलाई ‘अविचारी’ भएको आरोप लगाउँदै उहाँलाई भविष्यमा हुनसक्ने वार्तामा हटाउन माग गरेको छ ।

गत हप्ता सीबीएससँगको अन्तवार्तामा पोम्पेओले यदि नेता किमले ‘वास्तविक कुराकानी’लाई अगाडि नल्याए  अमेरिकाले मार्ग परिवर्तन गर्नसक्ने बताउनुभएको थियो । अन्तवार्तामा पोम्पेओले उत्तर कोरियाली आणविक हतियारलाई छोड्ने कुरा वार्ताको टेबुलमा शर्तका रूपमा ल्याएमा अमेरिकाले अव धेरै पर्खिरहन नसक्ने भावको अभिव्यक्ति दिनुभएको थियो ।

गत मङ्गलबार उत्तर कोरियाली उप विदेश मन्त्री चोए सोन हुईले भन्नुभयो, “पोम्पेओको प्रतिक्रिया मूर्ख र खतरनाक योजनाबाट अभिप्रेरित देखिएको र यो उनको सैन्य उपायबाट हाम्रो प्रणालीलाई हटाउने उपायको अवलम्बन गर्ने मनसायबाट आएको देखिएको छ ।”  

उत्तर कोरियाली समाचार संस्था केसीएनएले अधिकारीलाई उद्धृत गरी भनेको छ, “कोरियाली प्रायद्वीपलाई आणविकरूपले निशस्त्रीकरण गर्ने हाम्रो प्रतिवद्धता यथोचित रहेको र यसका लागि समय आएमा सही निर्णय लिएर अघि बढ्नेछौँ ।”

“तर यो त्यतिवेला सम्भव हुनेछ जतिवेला अमेरिकाले अहिलेको मुल्याङ्कनलाई दोहोराउने तथा पुनसंरचना गरेर आउनेछ ।”

उत्तर कोरियाली नेता किमको रूसी राष्ट्रपतिसँग गत हप्ता भएको भेटमा अमेरिका ‘खराव नियति’ साथ अघि बढेको प्रतिक्रिया दिएका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै